• १८ वैशाख २०८१, मङ्गलवार
  • १७ °C काठमाडौं
महशुल नबुझाएका सडक बत्ती हटाउँदै विद्युत प्राधिकरण

विन्दु चौधरी, चैत २६, बाँसगढी (बर्दिया) । नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले बक्यौता महशुल नतिरेका तथा मिटर जडान नगरी बालिएका सडकबत्तीहरु हटाउन थालेको छ । केन्द्रले आफ्नो कार्यक्षेत्र रहेको गुलरिया, मधुवन, ठाकुरबाबा बारबर्दिया, बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँ पालिकामा मिटर जडान नगरिएका र हालसम्म महुशल भुक्तानी नगरिएका सडक बत्तिहरु हटाउने प्रक्रिया थालनी गरेको छ । 

नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बर्दियाको ६ वटा स्थानिय तहले सडकबत्ती प्रयोग गरेबापत करिब ५ करोड ८७ लाख रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको जनाउनु भएको छ । प्राधिकरण केन्द्रिय कार्यालयले चैत्र १६ र २३ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सुचना प्रकाशित गरि सवै स्थानिय तहहरुलाई किस्तावन्दी सुविधा लिइ सडक बत्तीेको बाँकी बक्यौता भुक्तानीको लागि सार्वजनिक अपिल गरेको थियो । सोही सुचनालाई आधार मानेर वितरण केन्द्र गुलरियाले सडक बत्तीको महशुल संकलन गर्न लागेको गुलरिया वितरण केन्द्रका प्रमुख अर्यालले प्रष्ट्याउनु भयो ।  

सम्बन्धित समाचार

Facebook Comments