• १८ वैशाख २०८१, मङ्गलवार
  • १८ °C काठमाडौं
टी-२० विश्वकप खेल्ने जर्सी सार्बजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी- २० विश्वकप खेल्ने जर्सी सार्बजनिक गरिएको छ । नेपालले दोस्रो पटक टी- २० विश्वकप खेल्दैछ ।

यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो । आउदो जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । कुल २० देशले भाग लिने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ ।

नेपालसँगै यस समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले विश्वकपको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments