• २३ वैशाख २०८१, आइतवार
  • १९ °C काठमाडौं
गुणस्तरिय शिक्षाका लागि कुनै कसर बाँकी राख्दैनौं : नगर प्रमुख यादव

विष्णु अधिकारी, १३ वैशाख, बर्दिया । गुलरिया नगरपालिकाले आफुले गरेको विकास निर्माण र समग्र कार्यालयले दिने सेवा प्रवाहका विषयमा संचारकर्मीहरुलाई जानकारी गराउँदै सुझाव लिएको छ । नगरले समग्र पालिकाको विकासमा टेवा पुग्ने गरी काम गरिरहेको जनाएको छ । 

गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले गुलरिया नगर क्षेत्रभित्र पर्ने सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पठनपाठनका लागि कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको बताएका छन् । सामुदायिक विद्यालयको भौतिक संरचना अब्बल रहेको, गुणस्तरिय शैक्षिक सुधारका लागि काम गरिरहेको, खानेपानी लगाएत विद्युत महशुल रकम सबै गुलरिया नगरपालिकाले तिर्ने गरेको उनको भनाई छ । नगरले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग उपलब्ध गराएको र नगरका कुनैपनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट बन्चित हुन नदिन कुनै कसर बाकी नराख्ने नगरप्रमुख यादवको भनाई छ । 

गुलरिया नगरपालिका भित्रका निजी विद्यालयहरुले त्यही विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको मनपरि ढंगले भर्ना शुल्क लिइरहेको भन्ने जनगुनासो आएकाले विद्यार्थी भर्ना वापतको शुल्क फिर्ता गराउने यादवले प्रतिवद्धता गरे । निजी विद्यालयले नयाँ भर्नाको नाममा पटकपटक लिने रकमको विषयमा कारवाही अगाडी बढाउन आफ्नो मातहतको शिक्षा शाखालाई निर्देशन दिएका छन् । प्रमुख यादवले पशु चौपायाका कारण दुर्घटना बढ्ने भएकाले छाडा पशुहरुलाई व्यवस्थित गर्नका लागि काम सुरु गरिने र नियन्त्रणमा लिईएका पशुचौपायालाई गौशालामा पठाउने बताउँदै पशुधनीलाई कारवाही गर्नका लागि स्थानीय प्रशासन र प्रहरीसँग सहायता लिने उनको भनाई छ । 

गुलरियामा रहेको बसपार्क र वाइपास सडकलाई व्यवस्थित गर्नका लागि २४ करोड रुपैयाको स्टिमेट गरि संघिय सरकार र प्रदेश सरकारसँग माग गरेको पालिकाले जनाएको छ । गुलरिया नगरमा चोरीको घटना बढिरहेकाले स्थानीय प्रशासनको सुझावको आधारको उपर्युक्त स्थानमा सिसि क्यामेरा जडान गर्नका लागि रकम छुट्याइएको नगर प्रमुख यादवले बताए । उनले संचारकर्मीहरुले गुलरिया नगरपालिका भित्र भएका समग्र विकास निर्माणका विषयमा उठाएको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा गुलरिया नगरपालिका उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्याल, लेखा अधिकृत रुपसिंह खत्री, शिक्षा शाखा प्रमुख सतिश यादव, लगाएत संचारकर्मीहरु सहभागी थिए ।    

सम्बन्धित समाचार

Facebook Comments