भोटेकोशीका बाढी पीडित घाईलेलाई बर्दियाको मधुवनमा रक्तदान
हरि गुरुङ, २१ भाद्र, मधुवन (बर्दिया) । भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट घाईते भएका पीडितहरुको लागि बर्दियामा रक्तदान गरिएको छ । मधुवन नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी मधुवन उप–शाखाको प्राविधिक सहयोगमा बाढी पीडितका लागी बृहत रक्तदान गरिएको हो ।
रक्तदानमा सहभागी बनौँ, जीवन बचाऔँ भन्ने मुल उदेश्यका साथ मधुवन नगरपालिका कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको नगरपालिकाले जनाएको छ । रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट घाइते भएका व्यक्तिहरूको उपचारका क्रममा रगतको अभाव हुन नदिन नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको नगरप्रमुख तेजबहादुर भाटले जानकारी दिनुभयो ।
रक्तदान महादान, जीवनदान—मानवता हाम्रो पहिचान भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा एक पिन्ट रगतले कसैलाई नयाँ जीवन दिन सक्ने भएकाले पुण्य कार्यमा उपस्थित भई रक्तदान गर्न पालिकाले सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरेको थियो ।
२४ °C काठमाडौं
Facebook Comments