नेपाली कांग्रेस बर्दिया १५ औँ महाधिवेशनको तयारीमा जुट्यो
पुरुषोत्तम खनाल, १ असोज, बर्दिया । नेपाली कांग्रेस बर्दिया १५ औँ महाधिवेशनको तयारीमा जुटेको छ । पार्टी केन्द्रले तय गरेको कार्यतालिका अनुसार जिल्लाका विभिन्न तहमा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी थालिएको नेपाली कांग्रेस बर्दियाले जनाएको छ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने गरी कार्यतालिका तय गरिएको छ । राजापुर नगरपालिका वडा नं. ३ का सभापति लौटन चौधरीले आफूहरु गोलबद्ध र एकढिक्का भएर सहमतिमा अघि बढ्न तयार रहेको बताउनु भएको छ । केन्द्रमा प्रभाव जमाउन आधार तह बलियो हुनु पर्ने भन्दै आफूले अग्रजहरुको सल्लाह अनुसार नै समन्वय र सहकार्य गरेर कार्यक्रम सफल पार्ने धारणा राख्नु भयो ।
बर्दिया जिल्ला सचिव मीनराज चौधरीले केन्द्रको तालिका अनुसार नै जिल्लामा अधिवेशनलाई उत्सवका रूपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो । जिल्लामा आठै पालिकाका करिब १५ हजार क्रियाशिल सदस्यहरुको विवरण अध्यावधिक गरेको भन्दै सवै वडासम्म असोज ३ गते र ४ गतेको कार्यक्रमको परिपत्र पठाइ सकेको वताउनु भयो ।
वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने आसन्न अधिवेशनमा सबै एकताबद्ध भएर लाग्न आवश्यक रहेको बताउदै उहाँले अधिवेशन गुटरहित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
२५ °C काठमाडौं
Facebook Comments