अनुभुती : सुने जस्तो कहाँ छ र अवस्था
मुकुन्द अर्याल, पुष ०९, बर्दिया । लन्डन घुमाइको क्रममा थिए म । आइतबारको दिन थियो । एकदिन सेन्टर लन्दनबाट कोभेन्ट्री घुम्न जाने कुरा भयो जुन ठाउँ १०४ दशमलव ८ माइलको दुरीमा पर्दो रहेछ । मलाई लन्दन घुमाउन सम्पुर्ण ब्यबस्था मिलाइदिने दिदीको आफन्तीको घर पथ्र्यो त्यहाँ । जसलाई हामी भेट्न गएका थियौ । उहाँपनि आफ्नो छोरासङ्ग बस्न छ महिनाको लागि उता जानू भएको छोरा/बुहारी भेट्न । उहाँको छोरा तेतै बस्ने ।
हामीलाई घुम्न पनि हुने दिदीहरुको भेटघाट पनि हुने । हामी लागेका थियौ तेतै । हाल सामाजिक अभियन्ता साथै नेपालमा एग्रो फर्म सन्चालन गर्नु भएको उहाँ पुरानो शिक्षक पनि हुनुहुँदो रहेछ । दिदीको पनि धेरै समय भएको रहेछ भेट नभएको । धेरै समयपछि आफन्ती भेट हुनु तेसमा पनि सात समुन्द्र पार । स्वाभाबैले उहाँहरुका भवानात्मक एबम् रमाइला कुरा हुनेनै भए । अझ दिदीको दाइ र उहाँको रमाइलो बिगत रहेछ । उहाँहरु बिगत कोट्याइ कोट्याई गफमा मस्त हुनु भयो । म नयाँ मान्छे, सुनेर बसे । दिदीले सोध्नु भयो कस्तो लाग्यो त दाइ यहाँ ? उहा भन्नू हुन्छ गजब । बिधीले चलेको भन्ने के रहेछ यहीँ आएर प्रत्यक्ष देखियो । समानुपातिक बिकासको अर्थ पनि बुझियो ।
बिश्वमा राज गरेको मुकुक कस्तो होला भन्ने थियो देखियो । कसरी सम्भब भएहोला भन्ने थियो प्रत्यक्ष बुझियो । तरपनि कतिपय कुरा एताका भन्दा हाम्रा धेरै राम्रा । यहाँ मानिस बधुवा रैछ । हाम्रोमा स्वतन्त्र छ । प्रजातन्त्रको जननी यसलाई भने पनि वास्तविक प्रजातन्त्र त हाम्रैमा छ । यहाँ मानिस मसिन । हाम्रोमा मानिस मसिन होइन । मानवीय अन्तरक्रिया नै छैन यहाँ । घरकै परिवार भेटिन “वीकेण्ड“ कुर्नु पर्ने । अझ अचम्म त एकदुई दिनको तलमाथिले घरको पुरै महिनाको अर्थतन्त्र हल्किने । म सुनिरहेको छु । र, आफ्नो सोचाइले बैधता पाइरहेको महसुस गरिरहेको छु ।
सबै भन्दा महत्वपुर्ण कुरा, “यसले यहाँ जति मेहनत गरेको छ, त्यति त्यही गरेको भए यहाँ भन्दा डबल हुन्थ्यो । अबत यहाँको सबै लगेपनि आउँदा गरेको लगानी अहिलेको मुल्यमा सम्भब छैन“, उहाँले भन्नुहुन्थ्यो । दिदीले सोध्नु भो उता कस्तो छ ? उताको कुरै नगरौ । घर–घर बाटा पुगे । बिजुली पुग्यो । स्कुल खुले । स्वास्थ्य चौकी छन् । पानी पुग्यो । घर खाली छन् । मानिस छैनन् । जमिन बाँझो छ । चालीस पचास मुरी धान फल्ने हाम्रै खेत बाँझियो । कहिँ कतै हुने खेतिमा बाँदरको रजाइ छ । शिक्षक छन, विद्यार्थी छैनन् । उस्तै रहेन गाउँ अब । युवा/युवती बाहिर, केटाकेटी र बुहारी शहर ।
अलिअलि बाँकी रहेका बुढाबुढी कि त हामी जस्तै यहाँ नत्र गाउँमा । म भने गाउँ छोड्न सकिन । एग्रोफार्म शुरु गरेको छु । गर्ने मानिस पाइदैनन । हेर्दा÷हेर्दै कस्तो ठाउँ कस्तो पो भयो । हाम्रो जस्तो सुगम र सुन फल्ने पहाड त तेस्तो भयो अन्यत्र कस्तो होला । उतिबेलै चेतनशिल हो नि गाउँ हाम्रो । तिम्रै दिदी हुन जस्तो लाग्छ पहिलो महिला एसएलसी अर्घाखाँचीमै । सायद पहिलो स्टाफ नर्स पनि । तेहि ठाउँ हो स्कुलै जान नमान्ने एउटालाई पिट्दै स्कुल लगेको मैले आज उ कोहलपुर तिर नामी डाक्टर छ । भो कुरै नगरौ । बिगत सम्झदा बिरक्त लागेर आउँछ । नेताले जानेनन् ।
भएको बिगारे, नयाँ बनाएनन् । सधै पन्चायत बिरोधि भैयो तर राजा महेन्द्र जत्तिको दुरदर्शि अझ सम्म कोहि आएनन । गाउँ फर्क अभियान, पन्चायत बिकास कार्यक्रम, कृषि पकेट क्षेत्र अबधारणा, राज्यबाट लगानी भै पढेकाले अनिबार्य गाउँ गएर सेवा गर्नु पर्ने नीति, बिमानस्थल, त्रिबी, हाइवे... कुरै छोडौ । देश बन्छ । नेतृत्व सहि हुनुपर्छ । उहाँ छ महिनाको लागि जानु भएको तर तीन महिनामै फर्कने सुरसारमा हुनुहुन्थ्यो । मुख्य कारण उहाँको घुँडाको समस्या । अनि त्यहाँ औषधि उपचारमा समस्या । अनि असाध्यै महङ्गो । हामी बाहिरियाहरुलाई अस्पताल भर्नामै समस्या । औषधि, बिना डा. सिफारिस चान्स नै भएन ।
उहाँको छोराले जति महङ्गो भएपनि फरक पर्दैन भन्दा भन्दै पनि उहाँले सायद अबस्था बुझ्नु भयो र नेपालै फर्कने निर्णय गर्नु भएको रहेछ । तीन महिना बसियो । हेरियो । बुझियो । अब यस्तै त हो । फर्किन्छु भन्नू भयो । हामी यता फर्किने दिन भन्दा तीन दिन पछि उहाँको टिकट थियो । अब साँझ पर्न थालेको थियो । उहाँहरुले बस्ने अनुरोध गर्दागर्दै पनि हामी त्यहाँ बस्न सकेनौ । र फर्केका थियौ, सेन्ट्रल लन्डन तिरै । जे सुनिन्छ र बुझिन्छ कहाँ तेस्तो छ र अबस्था ?
११ °C काठमाडौं
Facebook Comments