• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
बरघरहरुलाई नेतृत्वसँगै क्षमता विकास तालिम 

केशव कोईराला, ८ चैत्र, राजापुर -बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ मा बरघरहरूलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धी ३ दिने तालिम दिईएको छ । वडा भित्रका बरघरहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिममा वडा बरघर प्रमुख भोजलाल थारू सहित २४ जना बरघरहरूको सहभागिता थियो ।

तालिमको लेखक तथा अनुसन्धानकर्ता शेखर चौधरीले सहजीकरण गर्नुभयो । तालिममा बरघर प्रथा के हो, स्थानीय सरकारले बरघर प्रथालाई कसरी कानुनी मान्यता दिएको छ, बरघरहरूको भूमिका र जिम्मेवारी के–के हुन्, समुदायमा देखिने विभिन्न समस्या समाधान गर्ने तरिका, कानुनी दायरा भित्र रहेर निर्णय गर्ने प्रक्रिया तथा सेवा प्रवाह र परामर्शका  विषयहरूमा प्रशिक्षण प्रदान गरिएको छ ।

वडा नं. ८ का अध्यक्ष राजेश थारूको अध्यक्षतामा सञ्चालन भएको तालिमलाई सहभागीहरूले निकै प्रभावकारी भएको बताएका छन् । उनीहरूले परम्परागत रूपमा चल्दै आएको बरघर प्रथालाई अब कानुनी दायराभित्र रही व्यवस्थित र आधुनिक ढंगले सञ्चालन गर्न प्रेरणा मिलेको उल्लेख गर्दै वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष थारूले तालिममा अनुशासित रूपमा सहभागि सबैमा धन्यवाद व्यक्त गर्दै

सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले समुदाय सुधार र प्रभावकारी नेतृत्व विकासमा बरघरहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । तालिमको अन्त्यमा सहभागी बरघरहरूलाई प्रमाणपत्र वितरण गरिएको वडा सचिव श्रृजना अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments