बर्दिया–काठमांडौं श्रीपेच होलिडेज एसी स्लिपर बस सेवा सञ्चालन
केशव कोईराला, ९ बैशाख, बर्दिया । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रणालीद्वारा सञ्चालनमा ल्याइएको æश्रीपेच होलिडेजÆ नामक एसी बस सेवा बुधवारदेखि औपचारिक रूपमा सुरु गरिएको छ । आधुनिक सुविधा सम्पन्न स्लिपर सिट सहितको बर्दिया–काठमांडौ बस सेवाको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सह–महासचिव शम्भु प्रसाद रिजालले यात्रुहरूलाई सुरक्षित, सहज र आरामदायी सेवा प्रदान गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले नयाँ प्रविधियुक्त बस सेवा सञ्चालनले यातायात क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा बढाउने विश्वास व्यक्त गर्नुभयो ।
रिजालले यात्रु सेवामा गुणस्तर अभिवृद्धि गर्दै समयानुकूल सुविधा थप्दै लैजानुपर्नेमा जोड दिँदै व्यवसायीहरूलाई सेवा केन्द्रित बन्न आग्रह गर्नुभयो । साथै, यस्तो आधुनिक बस सेवाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने उहाँको भनाइ छ ।
बसमा आरामदायी स्लिपर सिट, वातानुकूलित प्रणाली -एसी), वाइफाइ तथा अन्य आधुनिक सुविधा समावेश गरिएको आयोजकले जनाएको छ । यात्रुहरूको मागलाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको समितिका सदस्य दुर्गेश श्रीवास्तवले जानकारी दिनुभयो । बस सेवा सञ्चालनमा आएसँगै बर्दिया क्षेत्रका यात्रुहरूले थप सहज र आरामदायी यात्रा अनुभव गर्ने अपेक्षा गरिएको छ ।
२६ °C काठमाडौं
Facebook Comments