• १३ कार्तिक २०८३, बिहिवार
  • २१ °C काठमाडौं
सानो अन्तरक्रिया दिनभरको सोच 

मुकुन्द अर्याल, १२ असोज, बर्दिया । उनीहरु आपसमा कुरा गर्दैछन । म पुगे । एउटाले भने सर यिनलाई तीन हजार घाटा लागेछæ । मैले बुझिन र सोधे कस्तो घाटा ? उनले फेरि व्याख्या गरे । अहिलेको धान खेतिमा यिनले ३८ हजार लगानी गरेको रे धान ३५ हजारको मात्र फलेछ । मैले मजाक गर्दै भने– कहाँ त्यस्तो हुन्छ ? खाएको, पिएको, घुमेको, बाइक चढेको सबै हिसाब लगानीमा जोडेहोला अनि देखिन्न त घाटा  उसले अब गोजीबाट कागज निकाल्यो । जोताई, बीउ, मल, सिचाई, रोपाई, कटाई, दवाई सबैको हिसाब ट्याक्क ३८ हजार बराबर राखेको छ । अर्को कागजमा धान बेचेको श्लिप देखायो ३५ हजारकै छ । अब पत्याउन पर्यो नै । एउटा साना किसानको कृषि कार्य घाटामा छ । 
‎
‎सामान्यतया कृषि कार्यमा गरिएको लगानी हामी किसानहरुले राख्दैनौ । उत्पादन पछि प्राप्त अन्न/आम्दानीलाई हामीले सोलोडोलो आयको रुपमा हेर्छौ । त्यसैबाट बर्ष भरि हातमुख जोड्छौ । अझ पारिवारिक सदस्यको सम्लग्नताको समेत आर्थिक मुल्यांकन गर्ने हो भने त हिसाब अझ माइनसमा जान्छ । तेसैले पनि त दिनरात जोतिदा समेत साना किसानको जिबिकोपार्जन अबस्थामा सुधार आउदैन । जिबिकोपार्जनका उपायहरुमा बिबिधीकरण कुरापालन, भैसीपालन, सानो कुटिर ब्यबसाय,फुर्सद्को समयामा गरिने अन्यकार्य हरुका कारण मात्र साना किसानहरुको जिबिकोपार्जन संभब भएको न हो नत्र साना किसानहरुको जिबिकोपार्जन कृषि कार्यबाट मात्र सम्भब छैन । 
‎
‎सायद यहि भएरपनि होला अहिले बिषेषगरी पहाडी क्षेत्रको कृषिभूमि लगभग बाझो भइसक्यो भने तराई क्षेत्रमा पनि यो क्रम बढिरहेको छ । कृषि कार्यमा युवा शक्तिको सम्लग्नता हराउदै गएको छ । आबश्यका बढिरहेका छन, बजारभाउ आकासिदो छ, गुणस्तरीय शिक्षा र स्वास्थ्य महङ्गो छ । रोजगारीका अबसर अत्यन्तै कम छन, छन भनेपनि त्यो तहको सीप अहिलेको शिक्षा प्रणालीले दिन सकिरहेको छैन । कृषि प्रणाली/उत्पादन घाटामा छ जसबाट न्यूनतम आबस्यकता  पनि पूरा हुन सक्दैन । जसका कारण युवा शक्ति बाहिरिन बाध्य छ । 
‎
‎पछिल्लो चरणमा केही युवा आधुनिक कृषि प्रणालीमा आबद्द भएको देखिन्छ । तरकारी खेती, फलफूल खेती, नगदेबाली, पशु/पंक्षी पालन आदि । तर लगानी अनुरुपको प्रतिफल प्राप्त नहुदा निराशा बढ्दो छ । खुलानाकाको कारण नेपाली उत्पादनले भारतीय उत्पादन सङ्ग प्रतिस्पर्धा गर्न सकिरहेको छैन भने कतिपय उत्पादनको हकमा किसानले उपयुक्त मूल्य पाउनै सकेको छैन । उपभोक्ताले उल्लेख्य मूल्य तिरिरहदा उत्पादकले मूल्य पाईरहेको छैन । अहिले नै गुलरिया बजारमा प्रति दर्जन पाकेको केराको सय रुपैया माथि उपभोक्ताले  तिरिरहदा किसानले प्रतिदर्जन पचास रुपैया पनि पाउन सकिरहेको छैन । जसका कारण पनि कृषि कार्यमा आकर्षण बढ्न सकेको छैन । 
‎
‎जग्गाको खण्डिकरण हुनु, समयमा बीउ तथा मल उपलब्ध हुन नसक्नु, उपलब्ध भएपनि महङ्गो मूल्य तिर्न पर्नु, साना, सिंचाइ को सुबिधा नहुनु, कृषि प्रबिधी तथा प्रबिधिक हरुको अभाब हुनु, किसानले अनुदान प्राप्त गर्नमा पहुच पुर्याउन नसक्नु, कृषिमा ब्यावसायिकता बिकास हुन नसक्नु, चिस्यानकेन्द्र तथा भण्डारणको अभाब हुनु, बजारसम्मको पहुच सहज नहुनु, सबै उत्पादनमा न्युनतम समर्थन मूल्य कायम हुन नसक्नु, बित्तीय सस्थाहरुले साना किसानहरुलाई प्राथमिकता नदिनु, भारतीय उत्पादन जसमा राज्यको ठूलो अनुदान छ सङ्ग प्रतिस्पर्धा गर्न बाध्य हुनु, समाजमा कृषक हरुको सामाजिक हैसियतलाई महत्व नदिइनु, उपभोक्ता सचेत नहुनु जस्ता कारणहरुबाट हाम्रो कृषि प्रणाली घाटामा छ ।
‎
‎अहिलेको बिश्वको खुला बजार अर्थतन्त्र नीति र भुमण्डलिकरणका  कारण पनि नेपालमा सम्भावना बोकेका मुख्य तीन क्षेत्रमात्र हुन । अर्गानिक व्यावसायिक कृषि, प्रर्यटन र जलश्रोत । यी तीन क्षेत्रमा समुचित लगानी र बिकास गर्न सक्नेहो भने यसबाट हुने उत्पादनले हामीलाई आत्मनिर्भर बनाउन सक्नुका साथै उत्पादनलाई अन्तरास्ट्रिय बजार सम्म पुर्याउन र सहजै प्रतिष्पर्धा गर्न सकिन्छ । यी बाहेकका अन्य औद्योगिक उत्पादन हाम्रो सन्दर्भमा लागत मूल्य अधिक हुने र अन्तरास्ट्रिय उत्पादनसङ्ग प्रतिस्पर्धा गर्न नसक्ने नै हुन्छ किनकी हामीले खुला बजार अर्थनीति अबलम्बन गरेका छौ । यहाँनिर ससाना कुटिर उधोग, सेवामुलक ब्यबसाय र अन्य ब्यबसाय नगर्ने वा प्राथमिकतामा नराख्ने भन्ने आशय होइन । मुख्य फोकसको कुरा गरिएको हो । 
‎ 
‎उत्पादन नबढी समुन्नति हुनै सक्दैन । परनिर्भर अर्थतन्त्रले समृद्धि कुनै पनि अबस्थामा आउदैन । स्व–निर्भर अर्थतन्त्रनै समृद्धिको आधार हो । नेपालमा माथि उल्लेखित क्षेत्र बाहेक अन्य क्षेत्रबाट स्वनिर्भर अर्थतन्त्र बन्न सक्नेमा भरपर्दो कुनै आधार छैन ।बाह्य  रेमिट्यान्सले परनिर्भरता बढाउने र बाह्य उत्पादनको बजार बडाउने मात्र हो । प्राप्त बाह्य  रेमिट्यान्सलाई उल्लेखित तीन क्षेत्रमा लागानी गर्न सक्ने हो र राज्यको नीति तत क्षेत्रमा प्राथमिकता दिने खालको बन्ने हो भने हामीले सोचेको समृद्धि टाढा छैन । 

‎३८ हजार लगानी गरेर ३५ हजारको उत्पादन भएको तथ्यांक किसानहरुले प्रस्तुत गर्नु स्वाभाबैले हामी समृद्धिको यात्रामा छैनौ भन्ने उदाहरण हो । र, हाम्रो उत्पादनको मुख्य क्षेत्र बाझिदै जाँदै छ भन्ने दृष्टान्त हो । बिहानको सानो अन्तरक्रियाले आज दिनभर सोच्न बाध्य बनायो ।

सम्बन्धित समाचार

Facebook Comments