बर्दियाको बढैयाताल गाउँपालिकामा मनाईयो ज्येष्ठ नागरिक दिवस
दलबहादुर सुनार, १६ असोज, बढैयाताल (बर्दिया) । अक्टोबर १ अर्थात असोज १५ गतेका दिन ३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पशुपति सुदामा वृद्ध सत्संगको सभाहल बढैयातालमा मनाईएको छ । ज्येष्ठ नागरिक सेवा समिति बढैयातालको समन्वयमा भएको उक्त दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दोसल्ला र ढाका टोपी द्वारा सम्मान गरेको छ ।
दिवसको अवसरमा पशुपति सुदामा वृद्ध सत्संग समूह बढैयाताल पशुपतिबजारको आश्रममा रहेका ८ जना ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट र ७० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिक लाई दोसल्ला र सहभागी पुरुषलाई नेपाली ढाका टोपीले सम्मानगर्दै फलफूल वितरण गरिएको छ । दीर्घायु योग जीवनका लागि योग जीवन पद्धतिमा गरौं भन्ने मूल नाराका साथ मनाईएको ३६ औँ अन्तर्राष्ट्रिय नागरिक दिवसमा ज्येष्ठ नागरिक समिति बर्दियाका सचिव यदुनन्दन पौडेलले ज्येष्ठ नागरिकलाई परिवार घरपरिवार, समाज र राज्यबाट समेत अपहेलित हुनु परेको बताउनुभयो ।
ज्येष्ठ नागरिक सेवा समिति बढैयातालका अध्यक्ष रामचन्द्र थापा र सुदामा वृद्ध संघ पशुपति बजारका अध्यक्ष दामोदर बास्तोलाले शुभकामना मन्तव्य राख्नुभएको थियो । बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको अध्यक्षतामा भएको ३६ औँ अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिकको सहभागीता रहेको महिला शाखा बढैयातालकी प्रमुख सुजिता चौधरीले जानकारी दिनुभयो ।
२१ °C काठमाडौं
Facebook Comments