क्रिकेट संघ बर्दियाको अध्यक्षमा पुनः विनय राजभण्डारी
चुरेकुञ्ज, ३० जेठ, बर्दिया । नेपाल क्रिकेट संघ बर्दियाको अध्यक्षमा विनय राजभण्डारी पुनः निर्विरोध निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न अधिवेशनले अध्यक्ष लगायत १० सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा संजिव सोमै, सचिव सिद्धार्थ श्रेष्ठ, कोषाध्यक्ष डेबीड थापा चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा सुमीत ध्वज चन्द, दुर्गा आचार्य, पर्वत बख्रेल, विशाल श्रेष्ठ, सोभित ध्वज चन्द र प्रेम गिरी निर्विरोध चयन भएको अध्यक्ष विनय राजभण्डारीले जानकारी दिनुभयो ।
समितिले डाक्टर रोजन राजभण्डारी, अनित पौडेल र आर्यन खनाल गरी ३ जनालाई सदस्य पदमा मनोनित गरेको अध्यक्ष राजभण्डारीले बताउनु भयो । जिल्लाको क्रिकेट खेल प्रर्बद्धनमा कहिल्यै पछि नहट्ने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो । को प्रतिवद्धता छ ।
२० °C काठमाडौं
Facebook Comments