बर्दियाको राजापुरमा छोराद्वारा बावुको हत्या
केशव कोइराला, ९ कार्तिक, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ सेन्द्रामा छोराले आफ्नै बुबाको कुटपिट गरी हत्या गरेका छन् ।
आइतबार राति ४६ वर्षीय कल्लु थारुको उनका छोरा राजेन्द्र थारुले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बुबा र छोराबीच नियमित रूपमा झगडा हुने गरेको बताइएको छ । सोही क्रममा आइतबार राति कुटपिट हुँदा कल्लु थारुको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२७ °C काठमाडौं
Facebook Comments