• २४ असोज २०८३, शनिवार
  • १४ °C काठमाडौं
रास्वपाको विशेष अभियान टोलीसमक्ष राजापुरका समस्या समाधान गर्न आग्रह 

केशव कोईराला, २३ असोज, राजापुर (बर्दिया) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको …हामी आउँदैछौँÚ विशेष अभियान अन्तर्गत बर्दिया पुगेको टोलीसमक्ष राजापुरका स्थानीय समस्या समाधानका लागि विभिन्न माग तथा सुझाव प्रस्तुत गरिएको छ । 

रास्वपा राजापुर नगर सभापति इमबहादुर केशीका अनुसार राजापुर नगरपालिकाको प्रमुख समस्याका रूपमा रहेको जंगली जनावरको आतंक तथा त्यसबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न अत्याधुनिक सेन्सरसहितको तारबार -फेन्सिङ) जडान गर्न अभियान टोलीसमक्ष अनुरोध गरिएको छ ।

त्यस्तै, राजापुर क्षेत्रमा लामो समयदेखि समस्या बन्दै आएको भूमिहीन सुकुम्बासी, मुक्तकमैया तथा बहालबिटौरीसम्बन्धी समस्या स्थायी रूपमा समाधान गर्न पहल गर्न आग्रह गरिएको केशीले बताउनुभयो । स्थानीय नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै निःशुल्क स्वास्थ्य तथा शिक्षा, कृषि उत्पादनको सुनिश्चित बजार र कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्यको ग्यारेन्टी हुने गरी राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने मागसमेत टोलीसमक्ष राखिएको उहाँले जानकारी दिनुभयो ।

केशीका अनुसार राजापुर क्षेत्रको विकास र नागरिकको जीवनस्तर सुधारका लागि कृषि, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना आवश्यक रहेको रास्वपाको विशेष अभियान टोलिलाइ जानकारि गराइएको छ । टोलिमा प्रतिनिधिसभा सदस्य रचना खतिवडा, प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुषाल तथा केन्द्रीय सदस्य महेश लामा सहभागी रहनु भएको थियो । अभियान अन्तर्गत २०८३ असोज २० देखि २७ गतेसम्म बर्दियामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

Facebook Comments