• ९ मंसिर २०८३, मङ्गलवार
  • १४ °C काठमाडौं
राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

केशव कोइराला, ८ मंसिर, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १०, मझरामा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु भएको छ । सोमबार वेलुकी करिब ५:४५ बजेको समयमा चितुवाको आक्रमणबाट स्थानीय १३ वर्षीया कमला सिंह ठकुरीको ज्यान गएको हो ।

तरकारी टिप्न बारीमा गएको बेला चितुवाले आक्रमण गरेको वडा अध्यक्ष शिवलाल थारुले जानकारी दिनुभयो । घटनापछि मझरा तथा आसपासका बस्तीमा त्रास फैलिएको छ । 

स्थानीय बासिन्दाले जङ्गली जनावरको आक्रमणबाट मानव जीवन सुरक्षित राख्न सम्बन्धित निकायसँग आवश्यक सुरक्षा तथा नियन्त्रणका उपाय तत्काल अपनाउन माग गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments