बर्दियाको राजापुरमा आयोजित रक्तदानमा ४६ पिन्ट रगत संकलन
केशव कोईराला, २५ भाद्र, राजापुर (बर्दिया) । रक्तदान–जीवनदान भन्ने मूल नारासहित बर्दियाको राजापुरमा बृहत् खुला रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन गरिएको छ । भदौ २४ गते राजापुर नगरपालिका–५, बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रा.लि. परिसरमा कार्यक्रमको आयोजना गरिएको छ ।
रक्तदानलाई मानव सेवाको महत्वपूर्ण कार्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा स्वस्थ तथा योग्य नागरिकलाई उत्साहपूर्वक सहभागी भई रक्तदान गर्न आह्वान गरिएको स्वयंसेवि रक्तदाता समाज राजापुरका अध्यक्ष लोकराज ढुंगानाले जानकारी दिनुभयो । आयोजकले नियमित रक्तदानले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने जनाएको छ ।
कार्यक्रम राजापुर नगरपालिकाको संरक्षणमा तथा सम्बन्धित आयोजक संस्थाहरूको आयोजनामा र राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रा.लि. को सहयोगमा सञ्चालन भएको थियो । आयोजकले रक्तदान गरौँ, अमूल्य जीवन बचाऔँ, समयको सानो सहयोग, ठूलो उपहार भन्ने सन्देशसहित सम्पूर्ण नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको सुगरमिलका कर्मचारी लोकेश बटालाले जानकारी दिनुभयो ।
२७ °C काठमाडौं
Facebook Comments