बाँसगढीमा शनिबार खुल्ला रक्तदान गरिने
विन्दु चौधरी, १५ साउन, बाँसगढी (बर्दिया) । बर्दियाको बाँसगढी बजारमा शनिबार खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । तपाईंले गरेको रक्तदान, कसैका लागि जीवनदान भन्ने मूल नारासहित सञ्चालन हुने कार्यक्रम प्रहरी बिट नजिक, बाँसगढी बजारमा आयोजना गरिने भएको हो ।
कार्यक्रमका आयोजक युवा सञ्जाल बाँसगढी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी उपशाखा तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढी रहेका छन् । कार्यक्रममा विभिन्न सरकारी कार्यालय, सामाजिक संघसंस्था, सामुदायिक वन, शैक्षिक संस्था, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थाहरूको सहयोग र सहकार्य रहने जनाइएको छ ।
कार्यक्रमको संरक्षण बाँसगढी नगरपालिकाले गरेको छ । स्वस्थ युवायुवतीहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान कार्यक्रममा सहभागी हुन युवा सञ्जाल बाँसगढीका अध्यक्ष राज थारुले आग्रह गर्नुभयो । प्रत्येक स्वस्थ युवा–युवतीहरूले आफ्नो १८ औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ भन्ने सन्देश पनि दिइएको छ ।
नियमित रक्तदानले अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको अभाव कम गर्न सहयोग पुग्ने भएकाले सबै योग्य नागरिकलाई कार्यक्रममा उपस्थित भई रक्तदान गरी मानवीय सेवामा योगदान पु¥याउन युवा सञ्जाल बाँसगढीका अध्यक्ष राज थारुले अनुरोध गर्नुभएको छ ।
२० °C काठमाडौं
Facebook Comments