कार्यकाल भित्रै प्रतिवद्धता पूरा गर्छु : बाँसगढी ९ नम्बर वडाध्यक्ष चन्द्रबहादुर शाही
चुरेकुञ्जले जनताको प्रश्न, जनप्रतिनिधिको जवाफ अभियान शुरु गरेको छ । संघीय, प्रदेश तथा स्थानिय सरकारमा जनताको मत जितेर गएका प्रतिनिधिहरुले निर्वाचनमा गरेका वाचा, अहिले सम्म गरेका गतिविधि विकासको चुनौती एवम् आगामी कार्ययोजना जनता सामु छर्लङग पार्ने संचारकर्मको दायित्व सुशासनको धर्म अनुरुप सबै जन प्रतिनिधिहरुलाई एकै प्रश्न मार्फत अभियानमा जोड्ने प्रयास गरेका छौं । प्रस्तुत छ बाँसगढी नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष चन्द्रबहादुर शाहीसँग पत्रकार यादव आचार्यले गरेको कुराकानीको पूर्ण अंश :
तपाईले भोट माग्दा जनता सँग गरेका बाचाहरु के के हुन ?
मलाई भोट दिनुस् म मेरो वडामा पहिलो भौतिक पुर्बधार बिकास, शिक्षा स्वास्थ्य, कृषिमा जोड गर्छु दोस्रो गरिब पिछडिएका समुदायहरुको हकहित र स्वारोजगार मुखी तालिममा विशेष जोड दिन्छु र तेस्रो म एक स्वतन्त्र ब्याक्तित्व सरह जनताको सेवा गर्नेछु भनेको थिए आज त्यही कुरामा केन्द्रित भई तनमन लगाएर काम गरिरहेको छु ।
निर्वाचन जितेर आएपछि के के काम गर्नु भयो ?
निर्वाचन जितेर आईसकेपछि हामीले वडा नम्बर ९ को विभिन्न टोलमा ४ दशमलव ५ किलोमीटर बाटो स्तरोन्नती गरेका छौ । यसका साथै वडाका विभिन्न ठाउहरुमा मठ मन्दिर लगायतका विभिन्न धार्मिक पूर्वाधारहरु निर्माण गरेका छौ । कृषि हाट बजारको सुरुवात गरेका छौ जहाँ प्रत्यक्ष वडा लगायतका स्थानिय किसानहरुलाई फाईदा पुगेको छ । त्यस्तै वडाको विभिन्न टोलमा बिजुली बत्तीको पोल र ट्रान्सफरमर राख्ने काम गर्यौं । वडामा सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुर्याउने काम गरेका छौ । वडामा रहेका सामुदायिक र संस्थागत बिद्यालयहरुलाई शिक्षाको हकमा अन्तर बिद्यालय वडा स्तरीय प्रा.बि. तहमा विभिन्न बिधाका कार्यक्रम गरेका छौ । वडा अन्तरगत राजमार्गसँग जोडिएका विभिन्न बाटोमा कालो पत्रे गर्ने काम शुरुवात गर्दैछौ । शहरी बिकास संघीय र प्रदेशदेखि झन्डै ३ किलोमिटर बाटो स्तरोन्नति गर्दैछौ । पेट्रोल पम्मदेखिको धेरै बर्ष विवादित बाटोलाई बिवाद मुक्त गरेर बाकी ट्रयाक खोल्ने काम गरेका छौ ।
गत बर्ष नगरपालिकाको सहयोगमा दलित लक्षित शुद्ध खानेपानी कार्यक्रम अन्र्तगत थुमनीमा ४१ घर दलित परिवारलाई फिल्टर बितरण गरेका छौ । दक्षिण पुर्बी टोलमा सिचाइ डिभिजन कार्यलय गुलरिया देखि १० लाख बराबरको तटबन्धन गरेका छौ । त्यही नजिकै १० लाख बराबरको नालीमा डुड सहित ५५ मिटर नाली लाईनिङ गरेका छौ । खेलकुदमा विभिन्न टोलमा खेल सामाग्री बितरण गरेका छौ । थुमनीमा सामुदायिक भवनको नजिकै एउटा ट्रस बनाएका छौ । थुमनी पुर्ब भुमिगत सिचाइ नेपालगन्जको सहयोगमा डिप ट्युबवेल हालेर झन्डै २५/३० बिघा जमिन मा सिचाई सुबिधा पुर्याउने काम गरेका छौ । थुमनी मै परापुर्बकाल देखि चली आएको पुरानो कुलोलाई मर्मत गर्ने काम गरेका छौ र त्यही कुलोलाई पक्की लाईनिङ गर्नका लागि हाम्रो पहलमा १५ लाख बजेट प्रदेश सरकारदेखि पर्न सफल भएको छ । खैरेनी टोलमा भुमिगत सिचाई नेपालगन्जदेखि डिप ट्युबवेलको डिल गरेका छौ त्यसले यो बर्ष पूर्णता पाउने छ । बालबिबाह नियुनीकरण र लागुपदार्थ र्दुब्यसनि न्युनिकरणमा विशेष भुमिका खेलेका छौ । कृषि हाटबजारको लागि एउटा टहरा र बत्तीको ब्यवस्थापन गरेका छौ ।
तपाईको वडाको बिकासमा मुख्य चुनौती के हो ?
शिक्षा, स्वास्थ्य, कृषिमा सोचे जस्तो भएन । अनि अझै बाल बिबाह र लागुऔषध र्दुब्यसनि न्युनिकरण गर्न सकेका छैनौ । बेरोजगारीको त्यस्त समस्या छ । बिकासको हकमा पुर्बधारका थुप्रै कामहरु बाँकी नै छन् । समय अझै बाँकी छ । त्यसलाई पनि क्रमशः पूरा गर्ने प्रयासमै छु ।
जनताले चाहे जति काम गरे जस्तो लागेको छ ?
जनताले चाहेजति काम गर्न सके जस्तो लाग्दैन । तर छोटो समय मा समय अनुसार काम गरे झै लागेको छ । वडामा प्रर्याप्त बजेट पनि हुँदैन । पालिकाले दिए अनुसारकै बजेटबाट चल्नुपर्छ । गर्नुपर्ने काम धेरै छन् ।
तपाईको आगामी बाचा प्रतिबद्धता के हुन ?
मेरो वाचा प्रतिबद्धता वडा नम्बर ९ मा रहेको बाटो, बिच चोकदेखि तोरैया सम्म २ दशमलव ५ किलोमीटर कालोपत्रे चिसापानी टोलदेखि मोहनपुर, परसपुरहुँदै कुनैठी सम्म २ किलोमीटर कालोपत्रे पहाडीपुर रावत चोक देखि थुमनी सम्म ३ दशमलव ५ किलोमीटर कालोपत्रे र कुनैठी बेलभार जोड्ने पक्की पुल बनाउने र कृषि हाटबजारलाई तरकारी संकलन केन्द्रको साथै कोल्ड स्टोर बनाउने सोचमा छांै । शिक्षाको गुणस्तर सुधार गर्न खेल्नु पर्ने भुमिका खेल्ने छौ । साथै खेलकुदमा पनि सहयोग र सपोर्ट गर्ने छौ । वडामा स्वास्थ्य शिबिर राख्ने पहल पनि गरेका छौ । नगरपालिकाको महिला उद्यमशिल तालीमको पनि शुरुआत गरेका छौ । बेरोजगारीका समस्या पनि चुनौती देखिएको छ । यसलाई पनि प्राथमिकताको आधारमा काम गर्ने सोच गराएका छौ । वडा मा रहेका सम्पुर्ण टोलका साना बाटोहरु लाई हाम्रो कार्यकाल भित्र स्तरोन्नति गरेर सक्ने सोच बनाएका छौ । हजुरको लोकप्रिय मिडिया मार्फत हाम्रा गतिविधि जनता समक्ष ल्याउने मौका दिनु भएकोमा हजुर लगायत हजुरको मिडियाको सम्पूर्ण टिमलाई धेरैधेरै धन्यवाद छ ।
Facebook Comments