आहा ! त्यो पो तिहार
मुकुन्द अर्याल, २२ कार्तिक, बर्दिया । हुन त समय एउटै रहदैन । परिबेश, अबस्था, उपलब्धता, सम्बन्ध, पारिवारिक संरचना सधै एउटै कहाँ हुन्छ र ? सायद तेसैले पनि होला तिहार पनि उस्तै रहन सक्ने कुरा भएन । दशै सकिना साथ तिहारको लागि औला गनिन्थ्यो । हजुर आमा/हजुर बा, बा/आमालाई प्रत्येक दिन सोधिन्थ्यो अब कतिदिन बाँकी छ तिहार आउन भनेर । धान लगभग काटेर सकिएको हुन्थ्यो, दाउन बाँकी । अहिले जस्तो थ्रेसिङ्ग गरिदैनथ्यो । सुबिधै थिएन । गोरु र रागाले महिनाभर खलियानमा धान दाउनु पथ्र्यो । जताततै घर जत्रा ठुला/ठुला खराही हुन्थे, धानका ।
मकै, तोरी लगाउनका लागि छुट्टै æबारीæ हुन्थ्यो । यहि समयमा हो, तोरी छर्न वारी तयारी अबस्थामा राखिन्थ्यो । गोभी, टमाटर, आलु रोप्ने सिजन पनि यहि हुन्थ्यो । बिहानै शीतका थोपाले खलियान भिजेको हुन्थ्यो । खेतला आली भिजेका हुन्थे । रोपिएका तरकारीहरुमा पानी चार्ने काम हामी केटाकेटीको हुन्थ्यो । आउदै गरेको तिहारका लागि अनेकौ लोभमा बा/आमाले काम पनि खुबै गराउनुहुन्थ्यो ।
गोठामा प्रसस्त पशु हुन्थे । एक किसिमले पशु धन महत्वपुर्ण धन थियो । दुई/तीन भैंसी, कम्तिमा दुई हल गोरु वा रागा, केही बाख्रा अनि केही गाई गोठको शोभा हुन्थ्यो । रेडियो बज्थ्यो । तिहार नजिकैदै जादा रेडियोबाट दिपावलीको मङ्गलधुनले यस्तो आनन्द दिन्थ्यो, त्यो आनन्द आज कुनै पनि स्वरुपमा कुनै पनि प्राप्तिले दिन सक्दैन । ग्रामिण परिबेश, ग्रामीण सम्बन्ध, अनि ग्रामिण स्वाद त्यहाँ पो थियो त तिहारको मजा, चाडपर्वको रौनक । थारु सस्कृतिमा देवारी मनाइन्थ्यो तर जसलाई अहिले तिहार भनिन्छ यो स्वरुपमा मनाइदैनथ्यो । गाई तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोभर्धन पूजा, भाइ टीका जुन स्वरुपमा पहाडियाहरु तिहार मनाउछन त्यही स्वरुपमा थारु सस्कृतिमा तिहार थिएन ।
हो, आफ्नै मौलिक परम्परामा थारु सस्कृतिमा देवारी मनाइन्थ्यो । बिस्तारै थारु सस्कृतिमा पनि देउसी तथा भैली र भाइ टीका गर्ने चलन चल्दै गयो । अहिले त तिहार पर्वमा थारु र पहाडिया बिच भिन्नता छुट्याउनै सकिँदैन । म थारु समाजमै हुर्के । नाम पछाडि जे सुकै थर लेखिएता पनि अन्य सबै सामाजिक/सास्कृतिक पक्ष थारु हुने नै भए । तर जब तिहार आउथ्यो, घरमा पहाडिया परम्परा र सँस्कृति जागृत हुन्थ्यो । मेरा कैयौ थारु साथीहरुले पहाडिया सस्कृतिलाई घरमा लगे । मैले/हामीले कैयौ थारु सस्कृतिलाई घरमा लग्यौ । सायद सास्कृतिक समायोजन र अकल्चरेसनको प्रकृया यहि हो ।
यही प्रकृयाले एकीकृत æयुनिकæ नेपाली सस्कृतिलाई जन्म दिन्छ । यस कारणले पनि नेपाली हुनुमा र नेपाली सस्कृतिमा मलाई गर्व लाग्छ । देउसी र भैलोको छुट्टै पहिचान थियो । तत्कालिन बनियाभारमा हाम्रो बा ले स्कुलको फण्ड रेजिङ्गको लागि देउसी/भैलो कार्यक्रम को आयोजना गर्नु भएको थियो । बा त्यही श्री युबक मा.बी.जोगिगाउको शिक्षक हुनुहुन्थ्यो । तेतिबेला म सायद चार कक्षामा पढ्थे । मैले सुनेअनुसार त्यो कार्यक्रममा यति जिन्सी (धान) उठ्यो कि त्यही उठेको धान बेचेर स्कूलको एउटा नया भवन बनाइएको थियो । आज सोच्दा अचम्म लाग्छ ।
देउसी/भैलो आहा Û कस्तो मौलिक हुन्थ्यो । वास्तविक कलाकारिता देखिन्थ्यो त्यहाँ । अहिले जस्तो डीजेको कर्कस आवाजमा ती चालू हिन्दी गीतमा नाच्ने होइन नि, मौलिक ड्रेस, मादल, हर्मुनियम, बासुरी अनि उत्कृष्ट नृत्य साथै आशिष Û सुपाभरी अर्गानिक रोटी, प्रज्वलित दियो, फूल, केही नगद दक्षिणा अनि जिन्सी Û सामाजिक कार्यका लागि मन फुकाएर गर्थे गर्नेले । यो सामाजिक कार्यको लागि हुन्थ्यो । अहिलेको देउसी/भैलो एक दिन भनभोज रमाइलोको लागि । एक प्लेट मासु र केही थान बोतल अनि रमाइलोको लागि Û हाम्रो घर हामी मध्य बुढ्यौली घर थियो ।
चार हजुर बुवा/सिउनिया दिदी, बा/बुटवल फूपू दिदी अनि हामी दुई भाई/दुई दिदीबहिनी । राम्रै जमघट हुन्थ्यो । फूलमा पनि मखमली फूलको अर्थ हुन्थ्यो । ओइलाउदैनथ्यो नि त Û घर भरी मखमली फूल ढकमक्क हुन्थ्यो । हजारी फूल त घरको शोभाको लागि मात्र हुन्थ्यो । घरमा रोटीको लागि ताइ बसालिन्थ्यो । ताई बसाल्दा हजुर आमाले बालाई खोज्नुहुन्थ्यो । अलि बर्षात सिजनमा जन्मेकोले ताई बसाल्यो भने रोटी पकाउदा कम घ्यु/तेल लाग्छ भन्नू हुन्थ्यो हजुर आमा । डेलिया का डेलिया रोटी पाक्थे । फिनी, ठोकने, चिनी रोटी, अर्सा, सेल रोटी । घ्यु र तेलको कमी हुदैनथ्यो । जति पकाए नि भयो ।
कलस स्थापना गरेर दियो बालेर रोटी पकाइन्थ्यो । भगवानलाई नचढाएसम्म खान पाइन्थेन । मलाई आज पनि याद छ, दुई/ तीन रोटी पाक्नासाथ हजुर आमा चढाई हाल्नुहुन्थ्यो । किन पनि भने, मुकुन्द आउँछ रे Û आहा, त्यो पो तिहार । हामी केटाकेटी तेसै खुसी । बारीमा गोभी जागेको देखेर खुसी, आगनमा बाख्राको पाठो उफ्रेको देखेर खुसी, भित्र रोटी पाकेको देखेर खुसी, बा ले कपडा किन्दिन्छु भनेकोमा खुसी, फुपु दिदी आउदैहुनुहुन्छ भनेर खुसी । खुसी हुनको लागि ठुलै कुरा कहाँ चाहिन्छ र ? खुसी किनेर पाइन्छ र कतै ? आहा Û त्यो पो तिहार ।
हुने र नहुने बिच भिन्नता थिएन त्यो बेला । कथित ती झालर, गगन चुम्मी, बनावटी रङ्गोली, रङ्गिन फेसन, कुनै कुराको मतलब हुदैनथ्यो । झालर, पटाका र रङ्गोली हेरेर देबीको आगवन हुन्छ भन्ने भाष्य पनि त थिएन । सायद एन्ड्रोइड फोन र सोसियल मिडिया थिएन त्यतिबेला । अहिले को तिहार त सोसियल मिडियामा पोस्ट नभए सम्म कहाँ आउँछ र ? त्यो बेला त सबैको घरमा दिपावली आउथ्यो । दुनाको दियोमा, घर भित्र पाकेका अर्गानिक रोटीमा, गोठको गोभर्धनमा , आगनमा फुलेका मखमलीमा, कौवाको, कुकुर र गाईको घाटीमा बाधिएको मालामा, सामाजिक कार्यको देउसी/भैलोमा अनि भाइको निधारको सप्ततङ्गी टिकामा । दिदी र बहिनीको निस्वार्थ प्रेममा । हो म त्यही पुरानो स्मृतिको तिहारमा छु । बाहिर डिजीको कर्कस आवाज आइरहेको छ ।
१३ °C काठमाडौं
Facebook Comments