• १३ असोज २०८३, मङ्गलवार
  • १९ °C काठमाडौं
नेपाली कांग्रेस राजापुरको नगर कार्यसमिति निर्विरोध निर्वाचित

केशव कोईराला, १२ असोज, राजापुर (बर्दिया) ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत राजापुर नगरपालिकाको पालिका स्तरीय निर्वाचन प्रक्रियामा नगर कार्यसमिति सर्वसम्मत रूपमा भएको छ । निर्वाचन अधिकृतद्वारा जारी सूचना अनुसार नगर सभापतिमा देवमान चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । 

उपसभापतिमा राधा चौधरी -महिला) र कुलबहादुर थारु -खुला) निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा गोविन्दप्रसाद खनाल तथा सह–सचिवमा रामप्रसाद चौधरी निर्विरोध निर्वाचित हुनुभएको सूचनामा उल्लेख छ । कार्यसमितिको युवा सदस्य महिला पदमा प्रित्मा दहित तथा युवा सदस्य खुलातर्फ रघुवीर थारु र सचिन थापा निर्वाचित भएका छन् । 

दलित महिला सदस्यमा निर्मला रसाइली र दलित खुला सदस्यमा तेजबहादुर वि।क। निर्वाचित हुनुभएको छ । त्यसैगरी जिल्ला सदस्य महिला पदमा विमला थारु र जिल्ला सदस्य खुलातर्फ केदार थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतद्वारा जारी सूचनामा जनाइएको छ । राजापुर नगरपालिकाको नेपाली कांग्रेस नगर कार्यसमितिमा विभिन्न पदमा उम्मेदवारहरू सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार

Facebook Comments