बृहत शान्ति सम्झौताको २० बर्ष : न्याय मर्ने पीडितको आशंका
यादव आचार्य, ७ मंसिर, गुलरिया (बर्दिया) । २०६३ साल मंसिर ५ गते गरिएको बृहत शान्ति सम्झौताको दुई दशक वितिसक्दा पनि तत्कालिन १० बर्षे जनयुद्धका पीडितहरुले न्याय नपाएपछि वेपत्ता भएका ब्यक्तिका पीडित परिवारहरु न्याय मर्ने पो हो की भन्ने चिन्तामा छन् । जेन्जी आन्दोलन पछि निर्वाचित सरकारले दुवै आयोग खारेजगर्दै जेन्जीकै आन्दोलनमा तत्कालिन पीडितहरुलाई समावेश गर्ने मनशाय बनाएको भन्दै उनीहरु न्याय मर्ने आशंकामा छन् ।
जनयुद्धबाट भएको राजनितिक परिवर्तनका क्रममा धेरै जना वेपत्ता, अंगभंग, मृत्यु, लुटपाट, बलात्कार लगायत शरिरमै गोली बोकेर हिड्नु पर्ने पीडामा छन् । सरकारले द्वन्दकालिन मानव अधिकार उल्लंघनका घटनाको सत्य र न्यायको पक्षमा ढिलासुस्ती एवम् वेवास्ता गरेका कारण पीडितहरु न्याय मर्ने आशंकामा रहेको द्वन्द पीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले बताए ।
शान्ति सम्झौता भएको यतिका बर्ष वितिसक्दा पनि वेपत्ता एवम् द्वन्द पीडितको आवाज राज्यले नसुनेर पीडित माथी थप पीडा थपेको उनको आरोप छ । शान्ति सम्झौताको सम्झनामा बर्दियाको गुलरियामा बर्दियाका वेपत्ता परिवार तथा द्वन्द पीडितका आवाज स्वरुप मानव अधिकार उल्लंघन घटनाको सत्य, न्याय र परिपूरणको समान बुझाई, प्रतिवद्धता र सहकार्यको लागि राजनितिक दल, नागरिक समाज तथा द्वन्द पीडित विच सम्बाद गरिएको छ । सम्बादका क्रममा राज्यले पीडितलाई न्याय दिनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
१२ °C काठमाडौं
Facebook Comments