माइती नेपालको वार्षिकोत्सवमा किशोरी अभिमुखीकरण
मुरली गोडिया, २६ चैत्र, गुलरिया -बर्दिया) । माइती नेपालले ३४ औं वार्षिक उत्सव मनाइएको छ । बार्षिक उत्सबको अबसरमा स्थानीय २० जना किशोरीहरुलाई मानव बेचबिखन बारे सचेतना सहित अन्तरक्रियात्मक अभिमुखिकरण समेत गरेको छ ।
सोही अवसरमा मानव बेचबिखनको बर्तमान अवस्था, कानुनी ब्यबस्था, बेचबिखनका कारणहरु, दलालले अपनाउने तौरतरिका, सम्भावित स्थानहरु लगायत बिषयमा सचेत पारिएको छ । माइती नेपाल बर्दियाले जिल्लाका सिमावर्ती छेत्र गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउँ पालिकाकोमा आफ्नो सुचना केन्द्र राखी काम गर्दै आएको छ ।
त्यसैगरि गुलरिया नगरपालिका वडा न ७ बसपार्क क्षेत्र र नेपाल भारत सिमाना सुरजपुर बोडरमा ब्यानर प्रर्दशनी, सचेतना सहितको पम्प्लेट वितरण गरि मानव बेचबिखन बिरुद्ध सचेतना मुलक कार्यकम गरिएको संस्थाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी गराउनु भयो ।
१६ °C काठमाडौं
Facebook Comments