आउने ५ बर्षमा किन मर्दैछन् ६ सय ५० करोड मानिस ?
नारायण प्रसाद उपाध्याय, ५ बैशाक, बाँके । भविष्य मालिका अनुसार æआउने ५ वर्षमा किन ६ सय ५० करोड मानिस मर्ने भनिएको छ ? तपाईंको पाप होइन, तपाईंका वृत्तिहरूले तपाईंलाई मार्नेछन् । धेरै मानिसहरूले मसँग सोध्छन् के साँच्चै आउने ५ वर्षभित्र ६सय ५० करोड मानिस मर्नेछन् ? आज म यसको स्पष्टीकरण दिन्छु ।
शैव गणनाअनुसार, सतयुग सुरु हुने संक्रमणकालमा ईश्वरको व्यवस्थामा विश्वास नगर्ने करिब ८० प्रतिशत मानिसको मृत्यु हुने भनिएको छ । कारण यो दिइन्छ कि उनीहरूमा दिव्य युगको ऊर्जा सहन सक्ने क्षमता हुँदैन । किनभने सत्ययुगको ऊर्जा आउँदा मानिसको सम्पूर्ण हार्मोन प्रणाली फेरि रिबुट हुन्छ । तर मानिस आफ्नो जन्म–जन्मान्तरका पुराना बानी -वृत्ति) र मोहमा बाँधिएको हुनाले यो परिवर्तन स्वीकार गर्न सक्दैन, त्यसैले सत्ययुग सुरु हुनेबित्तिकै उसको मृत्यु हुन सक्छ भन्ने भनाइ छ ।
कलियुग रजोगुण र तमोगुण प्रधान युग हो, जहाँ अस्थिरता, भौतिक इच्छा, तनाव, क्रोध र डर मानिसको स्वभावको हिस्सा बनेका हुन्छन् । मानिस सधैं अदृश्य दबाब, प्रतिस्पर्धा र असुरक्षामा बाँचिरहेको हुन्छ, जसका कारण उसको शरीर सधैं æफाइट वा फ्लाइटÆ अवस्थामा रहन्छ । यसको परिणामस्वरूप एड्रेनालिन र तनाव हर्मोन -कोर्टिसोल) शरीरमा सधैं उच्च स्तरमा रहन्छ, जसले गर्दा धेरै मानिसहरूमा उच्च रक्तचाप, मुटु रोग र मानसिक अशान्ति देखिन्छ ।
सोसल मिडिया, फास्ट फुड र भौतिक वस्तुहरूको अत्यधिक प्रयोगले मस्तिष्कमा बारम्बार डोपामिनको छोटो तर तीव्र वृद्धि गराउँछ । यसले डोपामिन रिसेप्टरहरूलाई कमजोर बनाउँछ र मानिसलाई सधैं खालीपन महसुस गराउँछ, जसलाई भर्न ऊ अझ बढी लत तर्फ जान्छ । यस कारण सन्तोष र आन्तरिक शान्तिसँग सम्बन्धित सेरोटोनिन हर्मोन कम हुन्छ, जसले गर्दा डिप्रेसन र एक्लोपन बढ्छ ।
तर सत्य युगमा मानिसमा सत्वगुण बढ्नेछ । त्यस समयमा मानिस ध्यान, तपस्या, सत्य र प्राकृतिक जीवनमा रमाउनेछ । उसको आयु लामो हुनेछ र मानसिक पीडा हुँदैन । सत्य युगमा सेरोटोनिनको स्राव निरन्तर र स्थिर रहनेछ । अक्सिटोसिन -प्रेम, करुणा र सम्बन्धको हर्मोन) पनि निरन्तर बहिरहनेछ । सत्य युगमा मानिस गहिरो ध्यानमा रहँदा मस्तिष्कमा गामा वेभहरू निरन्तर उत्पन्न हुनेछन् र एन्डोर्फिन -आनन्द दिने प्राकृतिक हर्मोन) पनि बहिरहनेछ ।
पिनियल ग्रन्थि पूर्ण रूपमा सक्रिय रहनेछ, जसले निरन्तर आध्यात्मिक अनुभूति गराउनेछ । जस–जसको मूल वृत्ति यी अवस्थासँग मेल खाँदैन, उनीहरूले आफ्नो शरीरको जैविक ऊर्जा सन्तुलन मिलाउन सक्दैनन् र उनीहरूको मृत्यु हुने भनिएको छ । सरल उदाहरणमा, जस्तो फोहोर नालीको किराबाट अचानक शुद्ध गंगाजलमा राख्दा त्यो बाँच्न सक्दैन, त्यस्तै कलियुगमा भोग, विलास, कामना, वासना, लोभ र हिंसामा बाँचिरहेका मानिसहरू नयाँ युगको ऊर्जा सहन नसकी नष्ट हुने भनिन्छ ।
यसै कारण २०३२ मा सतयुग सुरु हुनुअघि नै संक्रमण कालमा विश्वका करिब ६ सय ५० करोड मानिस आफ्नो गलत वृत्तिका कारण मर्ने दाबी गरिएको छ । त्यसैले सत्य युग देख्न चाहने इच्छुक मनुष्यहरुले पूर्ण रुपले सात्विक हुनु पर्नेछ भनेर निरुपण गरिन्छ ।
भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष उपाध्याय -आचार्य नारायण शरण सञ्जेलजी महाराज) भागवत भूषण अन्तर्राष्ट्रिय कथावाचक हुनुहुन्छ ।)
१९ °C काठमाडौं
Facebook Comments