• १६ साउन २०८३, शनिवार
  • २० °C काठमाडौं
मानब बेचबिखन बिरुद्ध विद्यालयमा अभिमुखीकरण

मुरली गोडिया, १५ साउन, गुलरिया (बर्दिया) । माइती नेपाल बर्दियाको आयोजनामा बिश्व मानब बेचबिखन बिरुद्ध दिबसको अबसरमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध विद्यालय स्तरिय अभिमुखिकरन गरिएको छ । श्री नेपाल राष्द्रिय शम्भुशरण माबि खैरापुरमा उक्त कार्यक्रम गरिएको हो । 

मानव बेचबिखनको अबस्था बढदै गएको र खुल्ला सिमाना भएको कारण महिला तथा बालबालिकाहरु बेचबिखनको उच्च जोखिममा रहेको अभिमुखीकरनमा जानकारी गराइएको थियो । बेचबिखनको चपेटामा पर्न सक्ने भएको हुँदा मानब बेचबिखन रोकथाम र न्युनिकरण गर्नका लागी कक्षा ११ र १२ का बिधार्थीहरुलाई प्रशिक्षित गरिएको हो । बिद्यार्थीहरु मार्फत समुदाय स्तरमा जनचेतना फैलाउने उद्धेश्यले बिद्यार्थीहरुलाई जिल्लामा मानब बेचबिखनको बर्तमान अबस्था, कानुनी ब्यबस्था, बेचबिखनका कारणहरु, दलालहरुले अपनाउने तौर तरिका, संभावित स्थान तथा बेचबिखनको प्रयोजनको बारेमा जानकारी गराइएको थियो ।

माइती नेपालले आफ्नो स्थापना कालदेखि नै मानब बेचविखन तथा ओसारपसार रोकथाम उद्धार र पुर्नस्थापनाका महत्वपुर्ण कार्यहरु गदै आएको छ । बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था युवा बिद्यार्थी अभिभाबक समेत सँग समन्वय गर्दे अगाडी बढिरहेको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले बताउनु भएको छ । 

बिद्यालयका शिक्षक कृष्ण प्रसाद कडेलले माइती नेपालले गरेको काम को प्रसंसागर्दे आगामी दिनमा यस्ता कार्यक्रहरुको खाचो रहेको औंल्याउनु भयो । यस्तै पुन कार्यक्रहरु ल्याउन माइती नेपाललाई अनुरोध समेत गर्नु भएको छ । कार्यक्रममा सहभागी बिद्यार्थीको तर्फबाट बोल्दै सलमान बेहनाले माइती नेपालले सिकाएको बारेमा परिवार समाज र अन्य साथीहरुलाई समेत जानकारी गराउनुको साथै माइती नेपालले यस्ता कार्यक्रमहरु गर्नुपर्ने भनि धारण राखेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments