मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणार्थ सामुदायिक वनमा पोखरी
हरि गुरुङ, १० साउन, मधुवन (बर्दिया) । बर्दियाका विभिन्न सामुदायिक वनमा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरण गर्न ८ वटा कृतिम पोखरी निर्माण गरिएको छ । सामुदायिक वनहरुमा प्राकृतिक रूपमा पानी जम्ने ठाउँलाई थप मर्मत सम्भार गरि डिभिजन वन कार्यालय, बर्दियाले गत आर्थिक वर्ष २०८२/२०८३ मा पोखरी निर्माण गरेको हो ।
वन्यजन्तुलाई पानीको अभाव नहोस् भन्ने उद्देश्यले सामुदायिक वनहरुमा कृतिम पोखरी निर्माण गरिएको बताईएको छ । गर्मीयाम सुरू भएपछि वनमा पानीको सबै स्रोत सुक्ने हुँदा वन्यजन्तु पानीको खोजीमा वनक्षेत्रदेखी बाहिर आउने हुँदा, मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्ने खतरा रहेको पाईन्छ । सामुदायिक वनमा पोखरी निर्माण हुँदा पानीको खोजीमा वन्यजन्तु बाहिर निस्कने सम्भावना कम रहन्छ ।
मानव–वन्यजन्तु बीचको द्वन्द न्युनिकरणको लागि डिभिजन वन कार्यालय बर्दियाको सहकार्य र सामुदायिक वनको समन्वयमा १ हजार ४ सय मिटर मेसवयर जाली साथै ५ सय मिटर काँडेतार लगाईएको जन कल्याण सामुदायिक वन उपभोक्ता समुह वारबर्दिया नगरपालिका –९ बर्दियाका अध्यक्ष देवेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
सामुदायिक वनमा पोखरी निर्माण हुँदा वन्यजन्तु तथा विभिन्न किसिमका चरा चुरुङ्गीको संख्यामा पनि वृद्धि भएको छ । …सामुदायिक वनमा निर्माण गरिएको पोखरी …वाटर स्टोरेजÚ हो । जस्ले वर्षातको पानी संकलन गर्छ । पोखरीमा पानी संचित भएपछि पानी रिचार्ज हुन्छ ।Ú जस्ले गर्दा वन्यजन्तुलाई पानी उपलब्ध हुन्छ, वनमा डढेलो लाग्दा निभाउन पनि मद्दत पुग्ने र वनक्षेत्र हराभरा रहने डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल वन अधिकृत विजयराज सुवेदी बताउनु भयो ।
आव ०८२/८३ मा ३७ लाख ७४ हजार रूपैयाँ बराबरको लागतमा ८ वटा सामुदायिक वन उपभोक्ता समुहहरुमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी तथा वरिष्ठ वन अधिकृत शिवबहादुर के.सी.ले जानकारी दिनु भएको छ ।
बारबर्दिया नगरपालिकास्थित जनकल्याण सामुदायिक वन, बैदा, पेरहवा, भैरव, बुक्की हरियाली, बढैयाताल गाउँपालिकाको तिलकाना, बग्दैला र ठाकुरबाबा नगरपालिका–५ स्थित पेरौहुवा चटिया सामुदायिक वन उपभोक्ता समुहले पोखरी निर्माण गरेका छन । मानव–वन्यजन्तु द्वन्द न्युनिकरण र वन अतिक्रमण रोक्न ४० किलोमिटर तारबार गरिएको सुचना अधिकारी के.सी.ले जानकारी दिनुभयो ।
२१ °C काठमाडौं
Facebook Comments