• १२ असोज २०८३, सोमवार
  • १७ °C काठमाडौं
अविरल वर्षाका कारण किसानमा परेको समस्याबारे कृषि मन्त्रीलाई ध्यानाकर्षण 

मुरली गोडिया, ११ असोज, बर्दिया । लगातार भइरहेको अविरल वर्षाका कारण बर्दियासहित देशभरका किसानले भोग्नुपरेका समस्या समाधानका लागि पूर्व खानेपानीमन्त्री अब्दुल खानले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको ध्यानाकर्षण गराउनुभएको छ । वर्षाका कारण किसानहरू थप दुःख र पीडामा परेको भन्दै खानले आइतबार मन्त्री चौधरीको निवासमै पुगेर किसानका समस्या तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।

मल अभाव तथा अन्य कृषि समस्याबाट प्रभावित किसानहरूलाई पछिल्लो समय अविरल वर्षाले थप समस्यामा पारेको भन्दै खानले बर्दिया सहित विभिन्न जिल्लाका किसानको अवस्थाबारे मन्त्रीलाई जानकारी गराउएको खानले बताउनु भयो । 

खानले सामाजिक सञ्जालमार्फत बर्दिया लगायत विभिन्न जिल्लामा वर्षाका कारण किसान तथा कृषि क्षेत्रमा परेको असरबारे जानकारी पाएपछि आजै मन्त्री चौधरीको निवास पुगेर ध्यानाकर्षण गराएको बताउनुभएको छ ।

किसानका समस्या समाधानका लागि सरकार गम्भीर भएर तत्काल आवश्यक पहल गर्नुपर्नेमा खानले जोड दिनुभएको छ । कृषि मन्त्री चौधरीले समेत किसानका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको बताइएको छ ।

सम्बन्धित समाचार

Facebook Comments