• १२ असोज २०८३, सोमवार
  • १७ °C काठमाडौं
पत्रकारितामा दुई दशकको योगदान : सन्दीप पौड्याल यमन ग्लोबल म्युजिक अवार्डबाट सम्मानित

काठमांडौं, ११ असोज । नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय पत्रकार सन्दीप पौड्याल यमन ग्लोबल म्युजिक अवार्ड–२०८३ अन्तर्गत पत्रकारिता विधामा सम्मानित हुनुभएको छ ।

यमन इन्टरटेन्मेन्टले शनिबार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सञ्चार क्षेत्रमार्फत पु¥याएको योगदानको कदर गर्दै पौड्याललाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिले खादा, माला र दोसल्लासहित अवार्ड प्रदान गर्दै उहाँलाई सम्मान गर्नुभएको थियो ।

पौड्यालले आफ्नो व्यावसायिक यात्रा विभिन्न सञ्चारमाध्यममा बिताउनुभएको छ । उहाँले इमेज टेलिभिजन लगायतका संस्थामा आबद्ध भएर समाचार सम्पादन, सामग्री उत्पादन तथा अन्य जिम्मेवारी सम्हाल्नुभएको थियो । रेडियोमा समेत सक्रिय उहाँले आईटीसीको सहयोगमा लामो समय कफीका कुरा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

हाल हिमालय टाइम्स दैनिकका उपसम्पादक तथा ई–हिमालय टाइम्सका सम्पादकका रूपमा कार्यरत पौड्याल पत्रकारितासँगै गीत लेखन र वृत्तचित्र निर्माणमा समेत सक्रिय हुनुहुन्छ । सामाजिक, सांस्कृतिक तथा समुदायसँग सम्बन्धित विषयमा विशेष रुचि राख्ने उहाँले थकाली समुदाय, बालबालिका तथा विभिन्न सामाजिक सरोकारका विषयलाई आफ्नो लेखन र दृश्य सामग्रीमार्फत उजागर गर्दै आउनुभएको छ ।

सञ्चार क्षेत्रबाहेक सामाजिक विकासका क्षेत्रमा समेत पौड्यालको अनुभव छ । गैरसरकारी संस्था स्याण्डस नेपालमा आबद्ध रहँदा उहाँले गरिबी निवारण कोष तथा खानेपानीसम्बन्धी परियोजनामा काम गर्नुभएको थियो । साथै, इन स्टाइल मोडलिङ इन्स्टिच्युट सञ्चालन गर्दै नयाँ प्रतिभालाई प्रशिक्षण तथा अवसर उपलब्ध गराउने कार्यमा पनि उहाँ संलग्न रहनुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments