वन्यजन्तु अपराध नियन्त्रणसँगै संरक्षणमा सञ्चारको भूमिका महत्वपूर्ण
विन्दु चौधरी, ७ असोज, बर्दिया । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम -एनटीएनसी) को अगुवाइमा बर्दियाको ठाकुरद्वारामा प्रदेशस्तरीय सञ्चारकर्मीका लागि वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम गरिएको छ । वन्यजन्तु सम्बन्धी समाचार सम्प्रेषण गर्दा संरक्षण, अपराध नियन्त्रण र जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने औल्याईएको छ ।
कार्यक्रममा बर्दिया, बाँके र दाङका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय प्रकृतिक संरक्षण कोष बर्दियाका प्रमुख संरक्षण अधिकृत अजित तुम्वाहाम्फेले पछिल्लो समय बर्दियामा बाघको संख्यामा केही फेरबदल आएको बताउनुभयो । सन् २०२२ को राष्ट्रिय गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १२५ पुगेको थियो । यद्यपि, पछिल्लो तथ्याङ्क अनुसार बर्दियामा बाघको संख्या केही घटेर ११२ मा झरेपनि बाघको संख्या बढेको बताउनुहुन्छ ।
बर्दिया राष्ट्रिय निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकृत महेश न्यौपानेले निकुन्जमा २०८२।८३ सालमा एक करोड ८१ लाख ३६ हजार ९ सय रुपैया बराबरको मानव वन्यजन्तुद्धण्दको घटनामा राहत वितरण गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । मानव वन्यजन्तुद्धण्दको घटनामा घाइते, मृत्यु, पशुधन क्षती, भण्डारण गरेको अन्न क्षति, घरगोठको क्षती र अन्नबालीको क्षतीबाट पीडीतलाई राहत वितरण गरिएको बताउनुभयो ।
यसैगरी पछिल्लो एक वर्षमा ९ जना चितुवाको आक्रमणबाट ९ जनाको ज्यान गएको र १४ जना घाइते भएको, पाटेबाघबाट २ जनाको मृत्यु र १ जना घाइते, जंगली हात्तीबाट एक जनाको मृत्यु भएको बताउनुभयो । कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले वन्यजन्तु संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वन्यजन्तु अपराध नियन्त्रणमा समेत संरक्षण संस्थासँग संमन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयोे ।
उहाँले बन्यजन्तु अपराध अन्तरर्गत हात्तीको दात, गैडाको खाग, बाघको अंग, सालक, दुलर्भ चराचुरुङगी र विभिन्न वनस्पतिको अवैध व्यापार हुने गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महाँसघ लुम्बीनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइले सहभागी सञ्चारकर्मीलाई वन्यजन्तुसम्बन्धी समाचार बनाउँदा र प्रसारण गर्दा तथ्यको पुष्टि, वन्यजन्तुको संवेदनशीलता, संरक्षणमा पर्न सक्ने प्रभाव र गोपनीयता जस्ता विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । एनटीएनसी बर्दियाका किरण शाहले कार्यक्रम संचालन गर्नुभएको थियो ।
१९ °C काठमाडौं
Facebook Comments