• १८ साउन २०८३, सोमवार
  • २० °C काठमाडौं
आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा श्रेष्ठ निर्वाचित

मुरली गोडिया, १७ साउन, बर्दिया । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बर्दियाको चौथो अधिवेशनबाट इन्द्रकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धात्मक निर्वाचनमा उहाँले निकटतम प्रतिस्पर्धीलाई ५ मतको अन्तरले पराजित गर्दै नेतृत्वको जिम्मेवारी सम्हाल्नु भएको छ । 

अध्यक्षसहित ८ जना पदाधिकारी रहेको नयाँ कार्यसमिति चयन गरिएको आयोजकले जनाएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बर्दियाका अध्यक्ष मेघबहादुर गुरुङले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै आदिवासी जनजातिको हक, अधिकार, पहिचान र सांस्कृतिक संरक्षणका क्षेत्रमा एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले महासङ्घले जिल्लाभित्र रहेका विभिन्न आदिवासी जनजाति समुदायबीच सहकार्य, समन्वय र अधिकारको सुनिश्चितताका लागि निरन्तर भूमिका खेल्दै आएको समेत बताउनु भयो । 

अधिवेशनमा जिल्लाभरबाट आएका प्रतिनिधि, विभिन्न जातीय संस्थाका अगुवा, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको सहभागिता थियो । कार्यक्रमलाई सफल बनाउन स्थानीय भेषभूषा, परम्परागत बाजागाजा तथा सांस्कृतिक झाँकीसहित भव्य र्याली  समेत गरिएको थियो । सहभागीहरूले आफ्नो मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुति दिँदा कार्यक्रम थप आकर्षक बनेको थियो ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि विजयी नवनिर्वाचित अध्यक्ष इन्द्रकुमार श्रेष्ठले आफूलाई दिएको विश्वासप्रति सबै प्रतिनिधिलाई धन्यवाद व्यक्तगर्दै संस्थालाई थप प्रभावकारी, समावेशी र सक्रिय बनाउने प्रतिबद्धता जनाउनुभयो । वहाँले आदिवासी जनजाति समुदायको हकहित, भाषा, संस्कृति, पहिचान तथा संवैधानिक अधिकारको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments