आपतकालिन कार्य सञ्चालन केन्द्र बर्दियालाई उद्धार सामाग्री हस्तान्तरण
मुरली गोडिया, ३ असोज, गुलरिया (बर्दिया) । आपतकालिन खोजउद्धार कार्यलाई सबलीकरण गर्न बर्दिया आपतकालिन कार्यसञ्चालन केन्द्र, बर्दियालाई विभिन्न प्रकारका खोजउद्धार सहयोग सामाग्री हस्तान्तरण गरिएको छ । कुल ७ लाख २५ हजार ५६१ रुपैया बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।
विपद्को समयमा खोजउद्धार गर्दा प्रयोग गर्ने २०० थान रिफ्लेक्टिभ सुरक्षा ज्याकेट, रातको सयममा खोजउद्धार गर्दा प्रयोग गर्ने ६० थान हेडल्याम्प, ३० सेट प्राथमिक उपचार सामग्री किट, ४० सेट अग्नी नियन्त्रक सामग्री सेट, ३० थान वाटरप्रुफ झोला एवम् २० थान सर्पपहिचान छडी, ५ सेट सर्प उद्धार गर्ने सामग्री, १०० थान सुरक्षा पञ्जा, १०० थान सुरक्षा चश्मा लगायतका सामग्री हस्तान्तरण गरिएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) ले प्लान इन्टरनेशनल नेपालसँग साझेदारी गरी बर्दिया जिल्लाका सबै पालिकामा सञ्चालन गरिरहेको पूर्वानूमानमा आधारित पूर्वकार्य सबलीकरण परियोजना (प्रयास २) मार्पmत संस्थाले जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा खोज उद्धार सामग्री हस्तान्तरण गरेको संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले जानकारी दिनु भएको छ ।
२८ °C काठमाडौं
Facebook Comments