• १६ असोज २०८३, शुक्रवार
  • २१ °C काठमाडौं
सर्पको टोकाईबाट राजापुरमा ७७ वर्षीय बृद्धको मृत्यु

केशव कोइराला, १६ असोज, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ जयपुरमा विषालु सर्पको टोकाइबाट एक बृद्धको मृत्यु भएको छ । बर्दिया प्रहरीले दिएको जानकारी अनुसार बुधवार बिहान करिब साढे १ बजे जयपुर निवासी ७७ वर्षीय बेझु चौधरीलाई पिसाब फेर्न जाने क्रममा विषालु गोमन सर्पले बायाँ खुट्टाको पैतालामा टोकेको थियो ।

सर्पले टोकेपछि गम्भीर अवस्थामा रहेका चौधरीलाई उपचारका लागि बर्दिया अस्पताल, गुलरिया लगिएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको वडा अध्यक्ष रमेश दहितले जानकारी दिनुभयो ।

सर्पको टोकाइबाट बच्न रातिको समयमा घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन तथा सर्पले टोकेमा तत्काल नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लैजान प्रहरीले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments