सन्दर्भ विश्व बाघ दिवस : बर्दियामा बाघको संख्या घट्यो
हरि गुरुङ, १३ साउन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा हरेक बर्ष जुलाई २९ तारीखका दिन मनाईदै आएको विश्व बाघ दिवस यसबर्ष पनि मनाईएको छ । सुरक्षित मानिसहरू सुरक्षित वन्यजन्तु जैविक विविधताका उपयोग समृद्धि सेतु भन्ने मुल नारा सहित विश्व बाघ दिवस ०८३ मनाइएको छ ।
सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले घोषणा गरेसँगै विश्व बाघ दिवस मनाउदै आइरहेको छ । बाघ दिवसका अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले विभिन्न कार्यक्रम गर्दै आएको छ । गत बर्ष देशैभर गरिएको बाघ गणनाको नतिजा सार्वजनिक भएको छ । सन् २०२६ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार चितवन १ सय ४५, बर्दियामा १ सय १२, पर्सा ७१, बाँके ५१ र शुक्लाफाँटामा ५० गरी नेपालमा बाघको सङ्ख्या ४ सय २९ वटा पुगेको छ । देशभर ७४ वटा बाघ बढेको छ। बर्दियामा बाघको संख्या घटेको छ ।
सन् २०२२ को बाघ गणना गर्दा १ सय २५ बटा बाघ बर्दियामा थियो । २०२६ मा १३ वटा घटेर १ सय १२ वटा पुगेको छ । नेपालमा संरक्षण उच्चतम सफलता हासिल गरेपनी द्वन्द्व भने समाधान हुन सकेको छैन र स्थानीय बस्तिहरुमा मानव–बाघ द्वन्द्व र सुरक्षाको जोखिम समेत बढेको बढै छ । नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थान लगायत विविध चुनौती समेत देखिएका छन् । मध्यवर्ती क्षेत्र, सामुदायिक वन तथा आसपासका क्षेत्रमा स्थानीय घाँस दाउरा, निगुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् ।
बाघको सङ्ख्याको आवश्यकताका बारेमा बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको …धान्ने क्षमताÚ -क्यारिङ क्यापासिटी) चार सय हाराहारी रहेको बताएका छन् । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ । æबाघले आफ्नो आनीबानी परिवर्तन नगर्ने भएकाले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले संरक्षित क्षेत्रमा जाने लगायत आनीबानी परिवर्तन गर्नुपर्छ । बाघ संरक्षणका सवालमा समुदायमा जनचेतना जगाउने र आर्य आर्जनलगायत सीपमूलक तालिम तथा पर्यापर्यटन प्रवद्र्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका थिए । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ थिए । यस पटक बर्दिया बाहेक सबै निकुञ्जमा बाघको संख्या बढेको छ । बाँकेमा २५ वटा रहेको बाघ यस पटक दोब्बर बृद्धि भई ५१ पुगेको छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रिय स्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।
नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर २३५ पुगेको थियो । नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार २०० मा सीमित भएको थियो ।
बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका सामुदायिक वन क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त यस्ता बाघको व्यवस्थापनका लागि टाइगर जु स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई वन्यजन्तु कूटनीतिमार्फत उपहारस्वरुप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणी उद्यानमा व्यवस्थापन गरी आयआर्जन गर्न सकिने, केही उपाय नलागे मार्नुपर्ने लगायत विकल्पमाथि समेत बहस सुरु भएको छ
२१ °C काठमाडौं
Facebook Comments