• १ असार २०८३, सोमवार
  • २० °C काठमाडौं
बाँसगढी युवा सञ्जालको अध्यक्षमा राज थारु सर्बसम्मत 

विन्दु चौधरी, ३१ जेठ, बाँसगढी (बर्दिया) । बाँसगढी युवा सञ्जालको प्रथम अधिवेशन तथा वार्षिक साधारणसभाबाट राज थारु अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै युवाको नेतृत्व विकास, सामाजिक रुपान्तरण र स्थानीय तहमा युवाको सहभागिता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हिना जागा, सचिवमा पुर्ण प्रसाद रिजाल, कोषाध्यक्षमा उसमान अन्सारी र सह–सचिवमा पूर्णिमा बस्नेत चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा विजय प्रकाश यादव, सन्ध्या पौडेल, हिरालाल चन्द, मोहम्मद अकरार साई, कृष्ण बहादुर बुढा, पुनम थारु, पुजा थापा मगर, इन्द्रा कुमारी चौधरी, सुजन थारु र ईश्वर नेपाली सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

२०७७ सालमा एकनारायण अधिकारीको अध्यक्षतामा æयुवा एकता, नेतृत्व र रुपान्तरण भन्ने नारासहित स्थापना भएको बाँसगढी युवा सञ्जालले स्थापना कालदेखि नै युवाको पक्षमा निरन्तर पैरवीगर्दै आएको छ । सञ्जालले युवा नेतृत्व विकास, क्षमता अभिवृद्धि, सामाजिक सद्भाव, वातावरण संरक्षण, खेलकुद प्रवद्र्धन तथा स्थानीय सरकार तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै विभिन्न सामाजिक अभियान सञ्चालन गरेको छ । 

सञ्जालले बालविवाह, लागुऔषध दुव्र्यसन न्यूनीकरण, रक्तदान, सरसफाइ तथा युवामैत्री नीतिगत पैरवीमा समेत उल्लेखनीय योगदान पु¥याएको छ । अधिवेशनमा आगामी कार्ययोजना अन्तर्गत युवा सञ्जालको दिगोपन र व्यवस्थापनका लागि कार्यालय स्थापना, वडास्तरीय युवा सञ्जाल गठन, सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन, एआई तथा डिजिटल सीप विकास तालिम, ग्राफिक डिजाइन तथा एनिमेसन तालिम, बालविवाह तथा लागुऔषधविरुद्ध अभियान, कृषि तथा स्वरोजगार कार्यक्रम र खेलकुद गतिविधि विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष राज थारुले युवाको हकहित, क्षमता विकास र स्थानीय विकासमा युवाको प्रभावकारी सहभागिता बढाउन सञ्जाललाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बाँसगढीका युवाहरूलाई एकताबद्ध गर्दै सामाजिक परिवर्तनका अभियानलाई थप सशक्त बनाउने बताउनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments