कृषि तथा खाद्य पोषणमा अपाङ्गता समावेशीकरण
दलबहादुर सुनार, ९ साउन, बढैयाताल (बर्दिया) । बर्दियाको बाँसगढी नगरपालिकामा कृषि तथा खाद्य पोषणमा अपाङ्गता समावेशीकरण सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता सशक्तीकरण एवं सञ्चार केन्द्र -डेक) नेपालको आयोजनामा तथा एफएओको सहयोगमा बाँसगढी नगरपिलकाका नगर प्रमुख खड्क बहादुर खढ्काको प्रमुख आतिथ्यमा समपन्न भएको हो ।
अपाङ्गता भएका व्यक्तिहरूको कृषि तथा खाद्य पोषण क्षेत्रमा पहुँच सुनिश्चित गर्दै स्थानीय सरकारअन्तर्गतका सरोकारवाला निकायलाई थप जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका सहजकर्ता जीवन गिरीले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जनसंख्या, अपाङ्गताका प्रकार, गम्भीरताका आधारमा गरिएको वर्गीकरण, अपाङ्गता हुने कारण, अपाङ्गताको अवस्था, अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका चुनौती तथा कृषि र खाद्य पोषण क्षेत्रमा उनीहरूलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नु भएको थियो ।
साथै, यसमा विभिन्न निकायहरूको भूमिका र जिम्मेवारीबारे पनि जानकारी गराइएको थियो । बाँसगढी नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खड्कबहादुर खड्काले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका अतिथि तथा एफएओका कृषि तथा खाद्य पोषण विज्ञ मधु विश्वकर्माले एफएओले गर्ने कामको बारेमा जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिहरूलाई कृषि तथा खाद्य प्रणालीसँग जोड्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । उहाँले अपाङ्गता मैत्री नीति, योजना र संरचना निर्माण भएमा अपाङ्गता भएका व्यक्तिहरूले पनि आत्मनिर्भर भई जीविकोपार्जन गर्न सक्ने उल्लेख गर्दै स्थानीय सरकारले सेवा, सुविधा र अवसरमा समावेशी पहुँच सुनिश्चित गर्न आवश्यक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरी, वडा नं. ३ का अध्यक्ष रामचन्द्र थारु, वडा नं. ७ का अध्यक्ष बलिराम थारु, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क वली, पशु सेवा शाखा अधिकृत घनश्याम तिवारी, कृषि शाखाका प्रतिनिधि राजु चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापा, सहकारी शाखा प्रमुख सुशील थापा, डेउढाकला साना किसान कृषि तथा सहकारी संस्था, बाँसगढी–७ का अध्यक्ष कालिराम थारु तथा पूर्णिमा साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडकी उपाध्यक्ष मनमती चौधरीलगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी, बढैयाताल गाउँपालिकाबाट उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारी, वडा नं. ७ का अध्यक्ष राधेश्याम थारु, वडा नं. ९ का अध्यक्ष वीरबहादुर थारु, पशु सेवा शाखाका उपप्रमुख प्रेम डाँगी, महिला तथा बालबालिका शाखा प्रमुख सुजिता चौधरी, सहकारी शाखा प्रमुख सावित्री थारु, भविष्य साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष विष्णु लम्साल तथा कृषि शाखाका प्रतिनिधिलगायतको सहभागिता रहेको डेक नेपालका …सामर्थÚ परियोजनाका संयोजक सत्यनारायण चौधरीले जानकारी दिनु भयो । डेक नेपालका संस्थापक सदस्य टेकराज जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाले व्यक्त गर्नु भएको थियो ।
२१ °C काठमाडौं
Facebook Comments