• ३१ असार २०८३, बुधवार
  • २१ °C काठमाडौं
बर्दियामा कृषि तथा पशुपन्छीमा लगानी गरिएका योजनाहरु अनुगमन 

विन्दु चौधरी, ३० असार, बर्दिया । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियामार्फत चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका विभिन्न योजनाहरूको संयुक्त अनुगमन गरिएको छ । जिल्लाका विभिन्न पालिकामा सञ्चालन भएका ५ वटा योजनाको संयुक्त टोलीले अनुगमन गरेको हो । 

योजनाको अवस्था, प्रभावकारिता, दिगोपना, स्वरोजगारमा पु¥याएको योगदान, उत्पादनको अवस्था, चुनौती तथा बजारीकरण् ालगायतका विषयमा अनुगमन गरिएको कार्यालय प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो । अनुगमनका क्रममा गुलरिया नगरपालिका वडा नम्बर ६ मा रहेको सुनौलो महिला बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित बेसार प्रशोधन केन्द्र, बढैयाताल गाउँपालिका–८ मा रहेको सानाकिसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित कालिका कस्टम हायरिङ सेन्टर, बढैयाताल गाउँपालिका–६ मा रहेको तोरी मिल तथा बढैयाताल गाउँपालिका–४, बुटाहामा रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत सञ्चालित स्थानीय बंगुर प्रवद्र्धन कार्यक्रमको अनुगमन गरिएको उहाँले बताउनुभयो । 

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यान्त्रीकरण कार्यक्रम तथा तरकारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । त्यसैगरी लक्षित वर्गअन्तर्गत दलित समुदाय, बादी समुदाय, पोषण सुधार कार्यक्रम तथा रैथाने बाली प्रवद्र्धनअन्तर्गत स्थानीय बंगुर प्रवद्र्धन कार्यक्रममा शतप्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । अनुगमनका क्रममा सुनौलो महिला बहुउद्देश्यीय सहकारी संस्थामार्फत सञ्चालित बेसार प्रशोधन केन्द्रले गत वर्ष २०० क्विन्टल बेसार खरिद गरी प्रशोधन गरेर काठमाडौंसम्म बिक्री गरेको तथा यस वर्ष ३०० क्विन्टल बेसार खरिद गरेको संस्थाकी अध्यक्ष खुमा पोखरेलले जानकारी दिनुभयो । 

त्यसैगरी सानाकिसान कृषि सहकारी संस्थाले यस वर्ष ८५० क्विन्टल धान खरिद गरी बजारीकरण गरेको तथा ८९० क्विन्टल गहुँ खरिद गरी गोदाममा भण्डारण गरिएको सहकारीका मुख्य व्यवस्थापक सुरज नेपालीले बताउनुभयो । उहाँका अनुसार कालिका कस्टम हायरिङ सेन्टरले किसानलाई बजार मूल्यभन्दा २० प्रतिशत कम लागतमा कृषि सेवा उपलब्ध गराउँदै आएको छ । यसैगरी साना किसान खाद्य उद्योगले कालो तोरी खरिद गरी शुद्ध तोरीको तेल उत्पादन तथा बजारीकरण गर्दै आएको छ । बढैयाताल गाउँपालिका–४ मा रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत स्थानीय बंगुर प्रवद्र्धन कार्यक्रम मार्फत २१ घरधुरीलाई ४२ वटा बंगुरका पाठापाठी वितरण गरिएको कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा कार्यक्रमहरू प्रभावकारी तथा उद्देश्यअनुसार सञ्चालन भएको, अनुदानको सदुपयोग भएको र त्यसले किसानलाई व्यावसायिक बनाउन योगदान पु¥याएको निष्कर्ष अनुगमन टोलीले निकालेको छ । कार्यालय प्रमुख कमला अधिकारीका अनुसार यान्त्रीकरण कार्यक्रम, तरकारी प्रवद्र्धन तथा लक्षित वर्ग अन्तर्गतका विभिन्न कार्यक्रमका लागि विनियोजित कुल ६ करोड १२ लाख ८५ हजार रुपैयाँ बजेटमध्ये हालसम्म ७८.५ प्रतिशत प्रगति हासिल भएको छ । अनुगमनमा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्ट, उपप्रमुख अनिता कुमारी यादव, प्रमुख जिल्ला अधिकारी गोहनबहादुर हमाल, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाकी प्रमुख कमला अधिकारी, पत्रकार तथा जिल्लास्थित सरोकारवालाहरूको सहभागिता रहेको कार्यालयका सूचना अधिकारी फिर्तुमान चौधरीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments