• १० साउन २०८३, आइतवार
  • २१ °C काठमाडौं
संरक्षित वन्यजन्तु ओटको ओखेटोपहार सहित पक्राउ

केशव कोइराला, १० साउन, बर्दिया । बर्दियामा संरक्षित वन्यजन्तु ओट (उदबिलाव) को ओखेटोपहारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजापुर नगरपालिका–१ दौलतपुरका २६ वर्षीय अरुण सोनाहा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शनिबार दिउँसो ४:२० बजे इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले राजापुर नगरपालिका–१ दौलतपुरस्थित झोलुङ्गे पुल नजिकबाट संरक्षित वन्यजन्तु उदबिलावको ओखेटोपहारसहित पक्राउ गरेको हो ।

प्रहरीले बरामद गरेको अेखेटोपहारको लम्बाइ ४ फिट ५ इन्च र चौडाइ ८ इन्च रहेको जनाएको छ । पक्राउ परेका व्यक्ति तथा बरामद गरिएको सामाग्रीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

नेपालको प्रचलित कानुनअनुसार संरक्षित वन्यजन्तुको सिकार, ओसारपसार वा आखेटोपहार राख्ने कार्य दण्डनीय अपराध मानिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments