• १९ साउन २०८३, मङ्गलवार
  • २० °C काठमाडौं
बिभिन्न माध्यमबाट हुने मानव बेचबिखनको जोखिम बारे  किशोर किशोरीलाई सचेतना

मुरली गोडिया, १८ साउन, बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सम्भावित जोखिम न्यूनीकरणसम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । माइती नेपाल, गुलरिया–बर्दियाको आयोजनामा तथा गुलरिया नगरपालिकाको समन्वय र फ्री अ गर्लको सहयोगमा आयोजित कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारका कारण, स्वरूप, जोखिम, रोकथामका उपाय तथा समुदायको भूमिका तथा कानुनी ब्यवस्था बारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

गुलरियाका विभिन्न बिद्यालयमा अध्ययनरत किशोर किशोरीहरु कार्यक्रममा सहभागी थिए । विशेष गरी सामाजिक सञ्जाल, वैदेशिक रोजगारी, वैवाहिक प्रलोभन तथा अन्य विभिन्न माध्यमबाट हुने मानव बेचबिखनका जोखिमबारे सचेत गराउँदै सुरक्षित निर्णय लिन र शंकास्पद गतिविधिको जानकारी सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरिएको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले जानकारी गराउनु भयो ।

आयोजक संस्थाले मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय सरकार, सरोकारवाला निकाय, विद्यालय, समुदाय तथा नागरिक समाजबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । कार्यक्रमले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित र सचेत समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । 

गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतमको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रमकी सहभागी स्वस्तिका ओलिले यस्ता किसीमका सचेतना मुलक कार्यक्रमको निरंतरता सङ्गै बिद्यार्थीहरुले पनि गाउँ घरमा समेत जनचेतना फैलाउन अवश्यक रहेको बताउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments