जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
चुरेकुञ्ज, १ असोज, बर्दिया । जबरजस्ती करणी मुद्दामा बर्दिया जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका बढैयाताल गाउँपालिका–७ का २९ वर्षीय कृष्ण चमार पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा बर्दिया जिल्ला अदालतको फैसला मिति २०७२ साल फागुन १० गते, उच्च अदालत नेपालगन्ज, तुल्सीपुर इजलासको फैसला २०७३ फागुन ०८ र सर्वोच्च अदालतको मिति २०७९ साल साउन २९ को फैसला आदेशले चमारलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
उनको १० वर्ष कैद सजायमध्ये ५ वर्ष भुक्तान हुन बाँकी रहेको जनाइएको छ । साविक मैनापोखर–७ बर्दिया स्थायी ठेगाना भएका चमार असोज १ गते नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय बर्दिया आएका बेला गोप्य सूचनाका आधारमा पक्राउ परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियामा पेश गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए । अदालतको आदेशानुसार चमारलाई बाँकी कैद सजाय भुक्तानका लागि जिल्ला कारागार बर्दिया पठाइएको बताईएको छ ।
२५ °C काठमाडौं
Facebook Comments