राजापुरमा आचार्यको नेतृत्वमा भोटेकोशी बाढीपीडितका लागि राहत संकलन
केशव कोईराला, २७ भाद्र, राजापुर (बर्दिया) । तत्कालिन कोभिड–१९ महामारीका बेला जोखिम मोलेर सामाजिक सेवामा सक्रिय रहेका राजापुरका अभियन्ता तथा राजनीतिक व्यक्तित्व चिन्तामणि आचार्यको नेतृत्वमा रसुवा बाढीपीडितका लागि राहत संकलन अभियान सञ्चालन भइरहेको छ । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आचार्यको नेतृत्वमा दोस्रो चरणको राहत संकलन अभियान अघि बढाइएको हो ।
अभियान अन्तर्गत भौरा टप्पा क्षेत्रका २५ जना रसुवा बाढीपीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको जनाइएको छ । आचार्यले विपद्का बेला पीडितको साथमा उभिनु आफ्नो सामाजिक जिम्मेवारी भएको बताउँदै आफूले सक्दो सहयोग र समन्वयमा निरन्तर खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राहत संकलन अभियानमा आर्थिक तथा अन्य सहयोग गर्ने परोपकारी मन भएका दाताहरू तथा सहयोग जुटाउन सक्रिय सम्पूर्ण व्यक्तिप्रति आचार्यले हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्नुभएको छ । भोटेकोशी बाढीपछि बर्दियाका विभिन्न पालिकाका मानिसहरू समेत सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो ।
२४ °C काठमाडौं
Facebook Comments