• २३ भदौ २०८३, मङ्गलवार
  • २६ °C काठमाडौं
भोटेकोशी बाढीमा सम्पर्क विहीन बर्दियाका बाढीपीडित परिवारलाई वडाको सहयोग 

केशव कोईराला, २२ भाद्र, राजापुर -बर्दिया) । रसुवाको भोटेकोशी लगायत देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट विस्थापित तथा प्रभावित परिवारको सहयोगका लागि राजापुर नगरपालिका वडा नम्बर ९ ले राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ । आईतबार वडा अध्यक्ष विष्णु प्रसाद थारूको अध्यक्षतामा बसेको बैठकले वडाका विभिन्न गाउँ तथा टोलबाट खाद्यान्न राहत सङ्कलन गरी राजापुर नगरपालिकामार्फत विपद् प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको थियो ।

यसै क्रममा भोटेकोशी बाढीपछि हालसम्म सम्पर्कविहीन रहेका वडा नं. ९ अन्तर्गत तिनघरुवा गाउँका ५ जना व्यक्तिका परिवारलाई सहानुभूति तथा सहयोगस्वरूप वडाका विभिन्न गाउँ/टोलबाट सङ्कलित एकमुष्ट १ लाख १३ हजार ७५५ रुपैयाँ हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ । टपरा बजार, टपरा गाउँ र मानपुर महादिउली गाउँबाट सङ्कलित रकम टपरा बजार व्यवस्थापन समितिको अगुवाइमा अरुण कुमार चौधरीलगायतबाट प्रतिपरिवार ५ हजार ३६० रुपैयाँका दरले सहयोग गरिएको छ ।

राजापुर नगरपालिका–६ निवासी सञ्चकुमारी थारूबाट प्राप्त थप १० हजार ५५५ रुपैयाँ समेत हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ । विपद्को कठिन समयमा पीडित परिवारप्रति देखाएको मानवीय सहयोग र परोपकारी कार्यका लागि राजापुर नगरपालिका वडा नं. ९ वडा कार्यालयले सम्पूर्ण दाताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments