• २१ भदौ २०८३, आइतवार
  • २४ °C काठमाडौं
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सीमा क्षेत्रमा सचेतना 

मुरली गोडिया, २१ भाद्र, बर्दिया । मानव बेचबिखन विरुद्धको २० औँ राष्ट्रिय दिवस २०८३ को अवसरमा बर्दियाका विभिन्न नेपाल–भारत सीमा नाकामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ । æप्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धताÆ भन्ने मूल नाराका साथ गुलरियाको सुरजपुर, मधुवनको शक्तिपुर र बढैयातालको सिमानाकामा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा माइती नेपाल, बर्दिया तथा प्रहरी चौकी सुरजपुर र सम्बन्धित प्रहरी कार्यालयको सहभागिता रहेको कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका ब्यानर प्रदर्शन गर्नुका साथै प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगमा जोड दिइएको थियो । 

त्यसैगरी, प्रविधिको दुरुपयोगबाट हुन सक्ने मानव बेचबिखन तथा ओसारपसारका जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले बताउनु भयो । कार्यक्रममा पर्चा तथा पाम्प्लेट वितरण गर्दै घरदैलो अभियानसमेत सञ्चालन गरिएको थियो । 

अभियानमार्फत विशेषगरी सीमा क्षेत्रमा आवतजावत गर्ने नागरिक तथा स्थानीय समुदायलाई मानव बेचबिखनका सम्भावित जोखिमबारे सचेत गराउँदै शंकास्पद गतिविधि भएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको रिमालले जानकारी दिनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments