• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
आँखाको समस्या भएका विद्यार्थीलाई निःशुल्क चस्मा

पुरुषोत्तम खनाल, २३ माघ, बर्दिया । राजापुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ बर्दिया आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रवार अमर शहीद श्रीदशरथ चन्द मा वि राजापुरमा १ दिने शिविर सञ्चालन गरिएको हो । 

दिनप्रतिदिन बर्दिया जिल्लामा आँखा रोगीको संख्या बढ्दै गएको भन्दै विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरुको आँखाको ज्योती जाँच गरि निःशुल्क चस्मा दिने लक्ष्यका साथ कार्यक्रम गरिएको आयोजक बर्दिया आँखा अस्पतालले जनाएको छ । आजभोलि विभिन्न कारणले आँखाको समस्या बढेको भन्दै विद्यालय लक्षित शिविर चलाएकोमा आयाोजकलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल पाण्डेले धन्यवाद दिनु भएको छ । 

नेत्र सहायक रेनिश सिंह परियारको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीमा नेत्र सहायक अञ्जली थारु, प्राविधिक निशा तिवारी र परामर्शकर्ता अजिता जिसी संलग्न रहनु भएको थियो । राजापुरमा ४ सय ३५ जना विद्यार्थीको आँखा परिक्षण गर्दा करिब ३० जनालाई निःशुल्क चस्मा प्रदान गरिएको  छ । बर्दिया आँखा अस्पतालले पौषदेखि मधुवन, बारबर्दिया, ठाकुरबाबा, र राजापुरका ६ वटा विद्यालयका करिब १ सय ५० जना भन्दा बढीलाई निःशुल्क चस्मा प्रदान गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments