उद्योग वाणिज्य संघ गुलरियाद्वारा क्यालेण्डर लोकार्पण
चुरेकुञ्ज, १५ वैशाख, गुलरिया -बर्दिया) । उद्योग बाणिज्य संघ गुलरिया बर्दियाद्वारा प्रकाशित विक्रम सम्बत २०८३ सालको भित्तेपात्रो -क्यालेण्डर) लोकार्पण गरिएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको प्रमुख आतिथ्यतामा क्यालेण्डर लोकार्पण गरिएको हो ।
मंगलवार उद्योग बाणिज्य संघ बर्दियाको सभाहलमा आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु लगायत उद्योग वाणिज्य संघ बर्दियाका गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले संयुक्त रुपमा क्यालेन्डर लोकार्पण गर्नुभएको संघले जनाएको छ ।
क्यालेण्डरमा जिल्ला भित्र रहेका पर्यटन, धार्मिक धरोहर, प्राकृतिक सम्पदा लगायतका विषय बस्तु प्रचारप्रसारका रुपमा राखिएको उद्योग वाणिज्य संघ गुलरिया, बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । क्यालेन्डर प्रकाशनले उद्योगी ब्यापारीहरुलाई सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
१६ °C काठमाडौं
Facebook Comments