हात्तीको आक्रमणमा मृत्यु वरण गरेका माउतेका परिवारलाई सहयोग हस्तान्तरण
हरी गुरुङ, १६ चैत्र, मधुवन -बर्दिया) । वरिष्ठ प्रकृति पथ प्रर्दशक राजन चौधरीले आफैले रेखदेख गर्दै आएको हात्तीको आक्रमणमा परी मृत्यु वरण गरेका माउतेको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ निवासी अन्दाजी ४० बर्षिय गंगाराम चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
राजन चौधरीको अगुवाइमा साथीभाइहरुसँग सहयोगको अपिल गरेपछि ४५ हजार रकम उठेको थियो । उक्त सहयोग रकम सोमबार मृतकका बुवा र आमालाई हस्तान्तरण गरिएको हो ।
चैत्र १४ गते शुक्रबार कैलासी मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिमा गस्ती गर्दै गर्दा खोलामा हात्तीलाई नुहाइदिने क्रममा हात्तीले अचानक आक्रमण गर्दा चौधरीको मृत्यु भएको थियो ।
१७ °C काठमाडौं
Facebook Comments