सातौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबलको उद्घाटनमा आयोजकको जीत
दलबहादुर सुनार, चैत्र १२, बढैयाताल -बर्दिया) । जिल्ला पालिका स्तरीय सातौं संस्करण अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ को उद्घाटन खेलमा आयोजक टीम विजयी भएको छ । मयुर युवा क्लबको खेलमैदान बढैयाल ८ नयाँबस्तिमा सम्पन्न उद्घाटन खेलमा गुलरिया नगरपालिकालाई सुन्यको विरुद्ध एक गोलगर्दै बढैयाताल गाउँपालिका विजयी भएको हो ।
दोस्रो दिनको खेल विहिबार राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाबीच प्रतिस्पर्धा हुने क्लबले जनाएको छ । खेलकुद हाम्रो शान स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मुल सन्देशका साथ चैत्र ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ पालिकाले भाग लिएका छ्न । मयुर युवा क्लब बढैयाताल ८ का अध्यक्ष ईश्वरबहादुर राना मगरको अध्यक्षतामा भएको उद्घाटन खेलका प्रमुख अतिथि एवं बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले प्रतियोगिताका मुख्य रेफ्री देवनारायण दाहाललाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
प्रतिस्पर्धामा प्रथम हुनेलाई रु १ लाख १ हजार १११, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय हुनेलाई ६० हजार १११, ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । बढैयाताल गाउँपालिका प्रतियोगिताको संरक्षक समेत रहेको मयुर युवा क्लबका सदस्य सदस्य विवेश गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी वडा नं ८ का अध्यक्ष तेजनाथ पौडेल, वडा नम्बर २ का डिलादेव गिरी वडा नं ९ का बिरबहादुर थारु, कार्यपालिका सदस्यहरू, स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, मयुर युवा क्लबका संस्थापक अध्यक्ष तारानाथ ज्ञवली खेलप्रेमी, जिल्ला फुटबल संघका उपाध्यक्ष पत्रकार, लगायत स्थानीयहरूले उद्घाटन खेलको उत्साहजनक अवलोकन गरेका थिए ।
१७ °C काठमाडौं
Facebook Comments