राजापुरमा प्रथम मेयरकप तथा नेशनल ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टन सुरु
केशव कोइराला, १५ माघ, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित प्रथम राजापुर मेयरकप तथा नेशनल ¥याङ्किङ पुरुष–महिला खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ बिहिबारदेखि औपचारिक रूपमा सुरु भएको छ । राजापुरको नगर कभर्ड हलमा प्रतियोगिता शुरु भएको छ ।
राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले आयोजित प्रतियोगिताको उद्घाटन गर्नुभयो । समारोहमा बोल्दै उहाँले प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको समन्वय तथा नेपाल ब्याडमिन्टन संघको स्वीकृतिमा आयोजना गरिएकोले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म खेलकुद विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिता ८ विधामा सञ्चालन भइरहेको छ । मेन्स सिङ्गल्स (नेशनल खुल्ला) तर्फ प्रथमले ८० हजार, द्वितीयले ५० हजार तथा तृतीयले २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने क्वाटर फाइनलिस्टलाई ६/६ हजार रुपैयाँ प्रदान गरिनेछ ।
वुमेन्स डबल्स (नेशनल खुल्ला) तर्फ प्रथमलाई ७० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई २०/२० हजार रुपैयाँ तथा क्वाटर फाइनलिस्टलाई ६/६ हजार रुपैयाँ प्रदान गरिनेछ । मेन्स डबल्स (नेशनल खुल्ला) विधामा प्रथम पुरस्कार ८० हजार, द्वितीय ६० हजार तथा तृतीय २५/२५ हजार रुपैयाँ रहेको छ । त्येसैगरि मेन्स डबल्स ‘बी’ खुल्ला विधामा प्रथमलाई ६० हजार, द्वितीयलाई ४५ हजार र तृतीयलाई ३०/३० हजार रुपैयाँ प्रदान गरिनेछ ।
मेन्स डबल्स बर्दिया जिल्ला विधामा प्रथमलाई ६० हजार, द्वितीयलाई ४५ हजार र तृतीयलाई ३० हजार रुपैयाँ पुरस्कार राखिएको छ । भेट्रान्स डबल्स ४५ प्लस (नेशनल खुल्ला/बर्दिया जिल्ला) विधामा प्रथमलाई ६५ हजार, द्वितीयलाई ५० हजार र तृतीयलाई ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । मेन्स जनप्रतिनिधि डबल्स (बर्दिया जिल्ला) विधामा प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
८ बिधामा झन्डै ५ सय खेलाडी सहभागी हुने राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले जानकारी दिनुभयो । उद्घाटन सत्रमा शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले राष्टिय स्तरको खेल आयोजना गरिनु गौरबको विषय भएको भन्दै पुर्ण सफलता कामना गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, नगर प्रबक्ता अशराज न्यौपाने , सामाजिक बिकास समिती प्रमुख रमेश दहित लगायतले बोल्नुभयो ।
१७ °C काठमाडौं
Facebook Comments