• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
बढैयातालमा पालिका स्तरिय फूटबल प्रतियोगिताको तयारी तिव्र 

दलबहादुर सुनार, २५ माघ, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा जिल्ला पालिका स्तरीय सातौं संस्करण अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ को तयारी तीव्र पारिएको छ ।खेलकुद हाम्रो शान स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मुल सन्देशका साथ फागुन ३० गतेदेखि चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी जोडतोडले तीव्र पारिएको  छ  ।

आइतबार वडा कार्यालयको सभाहालमा भएको पत्रकार सम्मेलनमा बढैयाताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि सबैको साथ र सहयोगबाट विगतको भन्दा पनि भब्य र सभ्य रुपमा प्रतियोगिता सञ्चालन हुने बताउनु भयो । मयुर युवा क्लब बढैयाताल ८ का अध्यक्ष ईश्वरबहादुर राना मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनका विशेष अतिथि समेत रहनुभएका पौडेलले प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै भन्नुभयो प्रतियोगितामा सुरुदेखि अन्तिमसम्म करिब ८ लाख भन्दा बढीको रकम लाग्ने बताउनु भयो । 

मयुर युवा क्लबको खेलमैदान बढैयाताल गाउँपालिका वडा नं ८ स्थित नयाँ बस्तीमा हुने प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख १ हजार  १११, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । द्वितीय हुनेलाई ६० हजार १११, ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था रहेको प्रतियोगिताको संरक्षक समेत रहेका वडा अध्यक्ष पौडेलले प्रष्ट पार्नुभयो । बढैयाताल गाउँपालिका वडा नं ३ सिमरा हाल रोजगारीको सिलसिलामा दुबही रहनु भएका प्रकाश कोइरालालाई प्रमाणपत्र, दोसल्ला र मायाको चिनोद्वारा वडाध्यक्षले सम्मान गर्नु भएको मयुर युवा क्लबका सदस्य सदस्य विवेश गुरुङले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा फुटबल संघ लुम्बिनी प्रदेशका सदस्य अजितराज भण्डारी नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरे, पत्रकार, क्लबका पदाधिकारी, खेलाडी, लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबकी सदस्य स्वस्तिका खड्काले गर्नुभएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments