• २ फागुन २०८२, शनिवार
  • १० °C काठमाडौं
बाँसगढी स्थित हाम्रो एकिकृत कृषि सहकारीको अध्यक्षमा उपाध्याय पुनः सर्बसम्मत

विन्दु चौधरी, २६ पुष, बाँसगढी (बर्दिया) । बर्दियाको बाँसगढीमा अवस्थित हाम्रो एकिकृत कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः गोविन्द प्रसाद उपाध्याय सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको ५ औँ वार्षिक साधारण सभा तथा चुनावी सभाबाट उपाध्याय दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । 

सभाले उपाध्यक्षमा इन्द्रजित बुढाक्षेत्री, सचिवमा कृष्णराज अधिकारी, कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ पनि दोस्रो कार्यकालका लागि पुनः दोहोरिनु भएको हो । त्यस्तै सदस्यहरुमा टंक प्रसाद शर्मा, कमलनाथ थारु, रामसाहनी थारु, र राजगोपाल अधिकारीलाई सर्वसम्मत रुपमा चयन गरिएको हो । त्यसैगरी लेखा समितिको संयोजकमा जयराम चौधरी तथा सदस्यमा फग्गन थारुलाई सर्वसम्मत चयन गरेको हो । साथै एकिकृत कृषि सहकारीकोे ५ औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८१/२०८२ मा एक करोड ६१ लाख ८ हजार ३ सय ७४ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरीएको थियो । 

एकिकृत कृषि सहकारीले विगतका वर्षहरुमा जग्गा भाडामा लिएर बेमौसमी आलु खेती, मकै खेती, गाई, भैँसीलाई पोषणयुक्त दानाका लागि साइलेज उत्पादन गरेको थियो । त्यस्तै किसानहरुलाई प्रोत्साहनका लागि च्याउ उपसमिती गठन गरेर च्याउको मुल्यमा एकरुपता ल्याएको छ । भने गोठ सुधार, गोठ निर्माण कार्यक्रम अनुदान लगाएतको उत्पादनका कामहरु अगाडी बढाएको सहकारीका अध्यक्ष गोविन्द प्रसाद उपाध्यायले आफ्नो प्रगति प्रतिवेदन मार्फत जानकारी गराउनुभयो । 

संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा शेयर पुँजी ३० लाख ५ हजार ९०० रुपैयाँ, जम्मा लगानी एक करोड ५४ लाख एक हजार ३ सय ९३ रुपैयाँ, चालु दायित्व एक करोड ८४ लाख  ३ हजार ९४ रुपैयाँ रहेको छ, भने सहकारीले यस वर्ष एक लाख ८१ हजार एक सय ५५ रुपैयाँ आम्दानी गर्न सफल भएको संस्थाका व्यवस्थापक कृतिका चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

सहकारी संस्थाका अध्यक्ष गोविन्दप्रसाद उपाध्यायको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रिनाथ बराल रहनु भएको थियो । त्यस्तै नगरस्तरीया सहकारी संजालका अध्यक्ष देविसरा जैसी, वडासदस्य प्रकाश बराल, सहकारी संजालका नगरसचिव भक्तिराम अधिकारी शेयर सदस्य तथा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव कृष्णराज अधिकारीले गर्नुभएको थियो, भने स्वागत उपाध्यक्ष इन्द्रजित बुढाक्षेत्रीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments