• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
बढैयातालमा जारी अध्यक्ष कप फुटबलको दोस्रो चरणको प्रतिस्पर्धा आजदेखि  

दल बहादुर सुनार, १५ चैत्र, बढैयाताल -बर्दिया) । बढैयातालमा जारी सातौ संस्करणको बर्दिया जिल्ला  पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ को दोस्रो चरणको खेल आईतवारबाट सुरु हुने  भएको छ । बर्दियाको बढैयाताल ८ मा मयुर युवा क्लबद्वारा आयोजित अध्यक्ष कप फुटबल प्रतियोगिताको पहिलो चरणको खेल हिजो शनिबार सम्पन्न भएको थियो । 

चैत्र ११ गतेदेखि चैत्र १७ गतेसम्म सञ्चालन हुने सातौँ संस्करणको पालिका स्तरीय अध्यक्ष कप  फुटबल प्रतियोगितामा बर्दिया जिल्लाका दुई गाउँपालिका र ६ नगरपालिकाले सहभागिता जनाएका  आयोजक क्लबका विवेश गुरुङले जानकारी दिनुभएको छ । पहिलो चरणको खेलमा बढैयाताल गाउँपालिका, ठाकुरबाबा नगरपालिका, मधुबन नगरपालिका, र बारबर्दिया नगरपालिका बिजेता  भएका आयोजकले  जनाएको  छ ।

आयोजक मयुर युवा क्लबले दिएको जानकारी अनुसार ११ गते उद्घाटन भएको खेलमा बढैयाताल गाउँपालिकाले गुलरिया नगरपालिकालाई, चैत  १२ भएको खेलमा  ठाकुरबाबाले राजापुर नगरपालिकालाई १३ गते भएको खेलमा, मधुबन नगरपालिकाले गेरुवा गाउँपालिकालाई र १४ गते भएको खेलमा  बारबर्दिया नगरपालिकाले बाँसगढी नगरपालिकालाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका हुन् । दोस्रो चरणको पहिलो  खेल आइतबार मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिका विच प्रतिस्पर्धा हुने क्लबले जनाएको छ । 

प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका निमित्त बढैयाताल गाउँपालिका र ८ नम्बर वडा कार्यालय संरक्षक रहेको जनाईएको छ । त्यसैगरी प्रतियोगिताको मुख्य  प्रायोजकमा प्रकाश कोइराला र बर्दिया एकेडेमी रहेका छ्न । सहप्रायोजक लगायत विभिन्न ब्यानर प्रायोजकहरूमा स्थानीय संघ संस्था, उद्योगी व्यापारी, विद्यालय ,सामुदायिक  वन, पूर्व खेलाडी खेलप्रेमी लगायत रहेका क्लबका कोषाध्यक्ष शमशेर मल्ल -शैलेन्द्र) ले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments