सामाजिक सञ्जाल प्रयोगको मनोविज्ञान
मुकुन्द अर्याल, १३ माघ, बर्दिया । कोही बोलेको छैन, मौन छ र कुनै प्रतिक्रिया जनाइरहेको छैन भने यो कदापी होइन कि उसले जानेबुझेको छैन र तपाईलाई समर्थन गरिरहेको छ । बरु उसले सजगताका साथ तपाइँलाई हेरिरको छ । पर्ख, हेर र बढको रणनीतिमा ऊ रहेको हुन सक्छ ।
मानिसले छिट्टै प्रतिक्रिया दिदैन र टिप्पणी पनि गर्दैन । उसले हेरिरहेको भने हुन्छ । असल/खराब टिप्पणी या प्रतिक्रियाकै भरमा मुल्यांकन सत्यताको नजिक कम हुन्छ । कसैले तपाईको नजिक देखिन, कसैले तपाइँबाट लाभ प्राप्त गर्न या अरु कुनै कारणको लागि प्रतिक्रिया या टिप्पणी गरिरहेको हुनसक्छ । प्रतिक्रिया या टिप्पणीकै आधारमा तत्कालिक स्वमुल्यांकन दीर्घकालीन हिसाबबाट घातक पनि हुन सक्छ । कहिँकतै त अरुप्रतिको नकारात्मक दृष्टिकोण प्रस्तुत गर्न दोश्रो प्रती टिप्पणी या प्रतिकृया आइरहेको हुन्छ । सजक र संबेदनसिल मानिसहरु आबेशात्मक टिप्पणी देखि टाढा बस्छन र प्रतिक्रिया जनाउदैनन । उनिहरुले तपाईहरुलाई सजकतासाथ नियालिरहेका हुन्छन र आन्तरिक रुपबाट सामाजिक भाष्य तयार गरिरहेका हुन्छन । सामाजिक सन्जालका बिबिध माध्यम/स्वरुपहरुको समाजमा तिब्र प्रभाब छ ।
यसको फ्रीक्वेन्सी बढ्दो पनि छ । कसैका कृयाकलाव, दृष्टिकोण र भावनाहरुलाई यसले निमेष भरमै बिश्वब्यापी बनाउछ । अपिस न्युज च्यानल/युनिभर्सिजिज/लिंक्डईन/ट्वीटर जस्ता माध्यम हाम्रो देशमा कम प्रयोग हुन्छ । बिशेष गरि छोटा, पुष्ट्याइका श्रोत नभएका, नाचेका, गाएका, सुतेका, नकारात्मकता ज्यादा भएका माध्यमहरुको हामीकोमा बाहुल्यता छ ।
त्यस्तै साइटहरुको प्रभाबले हामीकोमा सुचनामा नियन्त्रण राखिरहेका छन । यस्ता माध्यममा आउने प्रतिकृया र टिप्पणीले मानिसहरू आफ्नो मुल्यांकन गरिरहेका हुन्छन । जुन धरातलीय यथार्थ भन्दा बिल्कुल फरक हुन सक्छ । भारत बिहारका प्रशान्त किशोरको धरातलीय बिजोग यसकै उदाहरण हो । ह्वात्तै आकास चढाइदिने र तुरुन्तै भुइँमा बजारिदिने काम तिनै तात्कालिक प्रतिक्रिया र टिप्पणीले गरिरहेका हुन्छन । नकारात्मकता यति छिट्टै अगाडि
ढाइदिन्छन कि पुष्ट्याइको आधार केही हुदैन । मानिस त्यसमै आएका टिप्पणी र प्रतिकृयामा झुमिइरहेका हुन्छन ।
यस्तो प्रक्रियामा अदृष्य समुह÷गिरोह पनि संलग्न भएका हुन्छन र रोटी सेकिरहेका हुन्छन । सामाजिक सचेतना कम भएको समाज, सामाजिक संजालको स्वरुप थाहा नपाएको समाज र आधिकारिक पुष्ट्याइ खोज्न नसक्ने समाज यसको सिकार भइरहेको हुन्छ । यस्तै संजालमा कतिपयले आत्मरती प्रस्तुत गर्दछन । प्रतिकृया र टिप्पणीलाई आफ्नो प्रसिद्धि सफलताको मानक ठान्दछन । यो कुरा बुझ्दैनन कि प्रतिक्रिया र टिप्पणी नगरी मात्र हेरिरहने मानिस धेरै छन । ती हेरिरहने मानिसले पर्ख, हेर र पढको रणनीति प्रयोग गरिरहेका छन । उम्लिने मानिसलाई तिनैले साइजमा ल्याउछन अन्त्यमा । बोलेको छैन र मौन छ भन्दैमा उसले बुझेको छैन भन्ने किमार्थ होइन ।
१७ °C काठमाडौं
Facebook Comments