वडाको पहलमा राजापुरको साँढे आतंक नियन्त्रण
केशव कोईराला, १६ चैत्र, राजापुर -बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर ८ धोबिनिपुर क्षेत्रमा देखिएको छाडा गोरु -साँढे) को आतंक नियन्त्रणमा आएको छ । स्थानीयवासीमा त्रास फैलाउँदै आएको उक्त साँढेलाई वडा कार्यालयको सक्रियतामा व्यवस्थापन गरिएपछि नियन्त्रण भएको हो ।
छाडा साँढे बस्तीभित्र पसेर खेतबारीमा क्षति पु¥याउने तथा जथाभावी मानिसमाथि आक्रमण गर्ने क्रम बढ्दै गएपछि वडा कार्यालयले पहल गरेको थियो । सोही क्रममा पशु चिकित्सक भिम चौलागाईंको सहयोगमा साँढेलाई नियन्त्रणमा लिइ खैरिचन्दनपुरस्थित गौशालामा सुरक्षित रूपमा छोडिएको वडा अध्यक्ष राजेश थारुले जानकारी दिनुभयो ।
यसअघि साँढेको आक्रमणबाट करिब आधा दर्जन स्थानीयवासी घाइते भएका थिए । घटनापछि स्थानीयले तत्काल व्यवस्थापन गर्न माग गर्दै आएका थिए । वडा कार्यालयको पहलपछि अहिले क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ भने स्थानीयवासीले राहतको अनुभूति गरेका छन् । साथै, यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन व्यवस्थापनको आवश्यकता रहेको स्थानीयले बताएका छन् ।
१७ °C काठमाडौं
Facebook Comments